कञ्चनपुर । अहिले देशभर सहकारी ठगि प्रकरण चर्चिकएको छ । सहकारी ठगि प्रकरणमा राजनीतिक दलकै नेता कार्यकर्ताहरु मुछिएका छन ।यसैविच सत्ताधारी नेकपा एमाले बाग्लुङका नेता एव ढोरपाटन नगरपालिका प्रमुख कारागार चलान भएका छन ।
१६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन । सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा भएको थुनछेक बहसपछि जिल्ला अदालत बागलुङले नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
१६ महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार भारतबाट पक्राउ गरी नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेस गरेको थियो । नेपालीको बयान सोमबार नै सकिएको थियो। मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको अदालका इजालास अधिकृत ऋषिराम रिजालले बताए ।
भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार बागलुङ ल्याइएको थियो। सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए। सहकारीका बचतकर्ताको दुई अर्ब रुपैयाँ बचत रकम हिनामिना गरी ५ जेठ )८) मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए।
यस्तै, उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। यो मुद्दामा सहकारीका अन्य पदाधिकारी र कर्मचारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन्।
उनीहरूलाई जिल्ला अदालत बागलुङको ५ साउनको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ। भण्डारी, बुढा र किसान ५ साउनमै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर ०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन्। नेपाली ढोरपाटन नगरपालिकामा एमालेको तर्फबाट दुईपटकसम्म नगरप्रमुखको रूपमा निर्वाचित भएका हुन ।
काँग्रेसका चन्द्रलाल अर्याललाई हराउँदै एमालेका नेता नेपाली ५ हजार ७३५मत ल्याएर मेयरमा जितेका थिए । नेपाली मेयरमा निर्वाचित भएर सहकारी काण्डमा जेल गएपछि उनलाई मत दिएका जनता पछुताईरहेका छन । अब स्थानीय तहमा दल भन्दा स्वच्छ छविका नेता कार्यकर्ता जिताउनुपर्ने आवाजका साथै देशैभरीको ठगि प्रकरणमाथि कार्बाहीको माग समेत उठिरहेका छन ।