कञ्चनपुर कञ्चनपुरका युवा पत्रकार डम्मरराज भट्टले छोरीको जन्मदिनको अवसरमा समाजिक काम गरेका छन । पत्रकार भट्टले छोरी बास्तविका भट्टको जन्मदिनको अवसरमा लोक देउडा गायक(कलाकार) गगन सिह महरा(मुस्कान)लाई उपचार खर्च सहयोग गरेका हुन । लामो समयदेखि बिरामी रहेका कलाकार महरालाई उपचारका लागि पत्रकार भट्टले नगद ३ हजार ५५५रुपैया आर्थिक सहयोग गरेका छन ।

पत्रकार भट्ट जिल्ला बाहिर रहेका नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सह सचिव पहिलाद राना मार्फत कलाकार महरालाई उक्त रकम हस्तान्तरण गरिएको छ । बेलडाँडी गाँउपालिका १ झर्नासागर निवासी लोक देउडा गायक कालाकार महरा बिगत लामो समयदेखि बिरामी छन ।

आर्थिक अभाव भएपछि संकटमा परेका कलाकार महराको उपचारार्थमा सहयोगका लागि समाजिक काम गरेको बताए । जनक्रान्ति दैनिकका समाचारदाता एव मिरमिरेडटकमका पत्रकार भट्टले समाजिक सेवाका लागि समाजका दिनदुखीहरुलाई आफ्नो खुसीयालीमा सक्दो सहयोग गरेको बताए ।

कलाकार महराले कञ्चनपुरकी टर्ली, बगिरहनु सेती, लाईफको टेन्सन, साँची राखे जस्ता गित निकालेका थिए । कलाकार महराले पत्रकार भट्टप्रति आभार प्रकट गरेका छन ।

प्रतिक्रिया दिनुस