शंकर अवस्थी 

कञ्चनपुर । कञ्चनपुरको एक स्थानीय सरकारले छाडिएका पशु चौपाया व्यवस्थापनदेखि नश्ल सुधार गरेर कृषि बस्तु तथा सेवा उत्पादनको कार्यक्रम अघि सारेको छ । कृष्णपुर नगरपालिकाले छाडिएका पशु चौपाया व्यवस्थापनदेखि नश्ल सुधार गरेर कृषि बस्तु तथा सेवाको उत्पादनको कार्यक्रम अघि सारेको हो ।

कृष्णपुर नगरपालिका २वाणीको गड्बिजला सामुदायिक वनमा खोर निर्माण गरेर एकातिर छाडा पशु चौपाया व्यवस्थापन अर्कातिर नश्ल सुधार गरिरहेको छ ।

कृष्णपुर नगरका मेयर हेमराज ओझाले छाडिएका पशु व्यवस्थापनका लागि पालिकाले गड्बिजला सहित निगाली, बनहरा, बनदेवी, किचाई सहितका स्थानमा छाडा पशु चौपाया व्यवस्थापन गरिएको बताए ।

मेयर ओझाले छाडा पशु चौपायाका कारण पाक्नै लागेको किसानको अन्नबाली नष्ट गरिदिने एकातिर जोखिम अर्कातिर कृषि बस्तुको उत्पादनमा कमि आउने भएकाले त्यसबाट खाद्यान्न लगायतका संकट उत्पन्न हुने भएकाले छाडा पशु चौपाया व्यवस्थापन गरिएको बताए ।

‘अहिले हामीले १५ सय हराहारीमा छाडिएका पशु चौपाया व्यवस्थापन गरेका छौँ, ‘मेयर ओझाले भने, ‘आगामी दिनमा बाच्छाबाच्छीहरुमा नश्ल सुधार गछौँ ।’

मेयर ओझाले कृष्णपुर नगरपालिका पुर्वपश्चिम महेन्द्रराजमार्ग झण्डै १५किलोमिटर दुरी भएकाले छाडिएका पशु चौपायाबाट सडक दुर्घटना भई मानिसको अकालमै ज्यानजानेदेखि अङगभङ, भौतिक सरचनामा क्षति हुने समस्यालाई समेत मध्य नजर गर्दै नगरका राजमार्ग, सडक सार्वजनिक स्थल, किसानका खेतबारीमा छाडिएका पशु चौपाया मुक्त गराउने समेत पालिकाको योजना रहेको बताए ।

छाडिएकै स्थानीय जातका गाईबाट जन्मिने बाच्छीहरुमा नश्ल सुधार गरेर दुध उत्पादन बढाउने पालिकाको योजना रहेको मेयर ओझाले बताए । ‘हामीले छाडिएका पशु चौपायाबाटै उनीहरुमा नश्ल सुधार गरेर दुध तथा दुधजन्य पदार्थको बृद्धि गरेर स्थानीय स्तरमा रोजगारीका कार्यक्रम प्रर्बद्धन गछौँ, ‘मेयर ओझाले भने, ‘गडबिजला क्षेत्रमै ६ विगाहमा बहुबर्षिया घाँस समेत उत्पादन गरेका छौँ ।’मेयर ओझाले पछिल्ला बर्षहरुमा दुध दिदासम्म पाल्नेत्यसपछि छाड्ने प्रवृतिले छाडा पशु चौपाया बिकराल समस्या बनिरहेका बेला अल्प तथा दिर्घकालिन समाधन र त्यसबाट स्थानीय नागरिकलाई राहत, स्वरोजारका कार्यक्रममा जोड्न लागेको बताए । स्थानीय सरकारले छाडिएको पशु चौपाया नियन्त्रण गरेर किसानदेखि यात्रुसम्म सुरक्षा र स्वरोजगारका कार्यक्रम प्रर्बद्धन गरिएको भन्दै स्थानीय हर्षित भएका छन ।

प्रतिक्रिया दिनुस