कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका ५ नम्बर वडामा सामुदायिक सुरक्षा जालो समिति गठन गरिएको छ । आर्दश महिला समाज नेपालले जिल्लामा संचालन गरिरहेको सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्र्तरगत बेलौरी ५मा सामुदायिक सुरक्षा जालो गठन गरेको हो ।
आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीले टेवा नेपाल नामक संस्थाको सहयोगमा महिला हिन्साका घटना न्यूनिकरणका लागि बेलौरी ५मा सामुदायिक सुरक्षा जालो गठन गरेको बताईन । शान्ति चौधरीको अध्यक्षतामा सामुदायिक सुरक्षा जालो बेलौरी ५ वडा समिति गठन गरिएको छ ।
उपाध्यक्ष गंगा शाह, सचिव मनिता चौधरी, सह सचिव सिता चौधरी, कोषाध्यक्ष भोजदेवी सापकोटा, सदस्य सिता विक, कल्पना, कल्पना चौधरी, पार्वती चौधरी, राम कुमार चौधरी, ज्योती खुना, जयन्ती चौधरी, सरस्वती चौधरी कलावती चौधरी, मञ्जु चन्द, गौरी राना, रमिनता देवी चौधरी, पुजा विक, फुलु देवी चौधरी रहेका छन ।
आर्दश महिला समाज नेपालका अध्यक्ष माया नेगीको अध्यक्षतामा भएको कार्यक्रममा बेलौरी नगरपालिका ५का वडाध्यक्ष लाल बहादुर चौधरीको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रममा सामुदायिक सुरक्षा जालो जिल्ला सदस्य आनन्दी भट्ट, निर्मला चौधरी सहितको सहभागिता रहेको थियो । सामुदायिक सुरक्षा जालो मार्फत महिलाका हक अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोडदिईएको छ ।