कञ्चनपुर । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अध्यक्षमा कञ्चनपुरका शिक्षक नविन सिह धामी निर्वाचित भएका छन । नेपाल राहत शिक्षक समिति केन्द्रीय समितिको काठमाण्डौँमा सम्पन्न भएको ६औँ महाधिवेशनबाट अध्यक्षमा धामी सर्वसम्मत निर्वाचित भएका हुन । कञ्चनपुर भीमदत्त नगरको शिव ज्ञानेश्वर आधारभूत विद्यालयमा कार्यरत शिक्षक धामी यस अघि केन्द्रीय सहअध्यक्ष थिए ।
झण्डै २ दशकदेखि धामी शिक्षण पेशामा छन । धामीको अध्यक्षतामा १५१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ । बरिष्ठ सह अध्यक्षमा कृष्णा सिह विष्ट, बिनोद पासवान, भीम बबहादुर सिह, उपाध्यक्षमा कञ्चनपुरकै शिक्षिका अगुवा सिता पुजारा निर्बिरोध निर्वाचित भएकी छिन ।
महासचिव डम्बर राई, उप महासचिवमा पनि कञ्चनपुरकै शिक्षक अगुवा गोबिन्द ढाँट चयन भएका छन । ढाँट शुक्लाफाँटा नगरपालिकाको बैजनाथ माविको प्रद्यानाध्यापक हुन । सचिवमा पनि कञ्चनपुरकै धौलसिह जाग्री सर्वसम्मत निर्वाचित भएका छन ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अध्यक्षमा चयन भएका नविन सिह धामीले आम देशभैरीका राहत शिक्षकको पेशागत हकहितका लागि संघर्ष गर्ने बताए । ‘०६९देखि राज्यले नै हामीहरुलाई सामुदायिक विद्यालयमा काम गराएको छ, ‘उनले भने, ‘राज्यको सेवाका लागि हामी ४० हजार शिक्षकको जिवन बर्बाद भईसक्यो, तैपनि राज्य जिम्मेबार छैन, अब हाम्रो लडाई राज्यका बिरुद्धमा हुनेछ ।’
नेपाल राहत शिक्षक समितिको उप महासचिवमा चयन भएका गोबिन्द ढाँटले पनि राहत शिक्षकको पेशागत हकहित सुरक्षाका लागि राज्यसंग अन्तिम लडाई लड्ने बताए । उनले संघीय शिक्षा ऐन मार्फत राहत शिक्षकका पेशागत हकहित सुरक्षाका लागि संघर्ष गर्ने बताए । देशभरका सामुदायिक विद्यालयका कार्यरत राहत शिक्षकको पेशागत हकहितका लागि नेपाल राहत शिक्षक केन्द्रीय समितिका तर्फबाट हरप्रयास हुनेछन ।