कञ्चनपुर । नेकपा माओवादी केन्द्र भीमदत्त नगरको बैठक सम्पन्न भएको छ । शुक्रबार महेन्द्रनगरमा माओवादी केन्द्र भीत्तदत्त नगर कमिटिको बैठक सम्पन्न भएको हो । बैठकमा आगामी १६मंसिरमा भीनपा ६मा हुने उप निर्वाचन, स्थानीय सरकारका कामकाजदेखि संगठन विस्तारको विषयमा छलफल गरिएको छ ।

माओवादी केन्द्र भीमदत्त नगरका नेता कार्यकर्ताहरुले भीमदत्त नगरको दीगो विकास सम्बृद्धि, नगरमा हुने आर्थिक बेथिति बिरुद्धमा संघर्षदेखि सुशासनमा जोडदिएका छन । माओवादी नेतृत्वमा भीमदत्त नगरका आएका विकास पूर्वाधारका कार्यक्रम निरन्तरता नदिएको पछिल्ला बर्षहरुमा सरकार काँग्रेस एमालेसंग हुँदा भीमदत्त नगरको बृद्धि विकासदेखि सुशासन कमजोर भएकाले संघर्षमा जोडदिएका छन । साथै नगरमा संगठन विस्तारका कार्यक्रम बढाउँदै जनताका समस्या समाधान तर्फ जोडदिएको छ । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका उपाध्यक्ष रघुबिर धामी(तुफान)को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र कञ्चनपुरका जिल्ला इन्चार्ज टेकेन्द्र प्रशाद भट्टको प्रमुख आथित्य, केन्द्रीय सदस्य माया नेगीको बिशिष्ठ आथित्यमा भएको थियो । माओवादी केन्द्र भीमदत्त नगरका सचिव दशरथ भण्डारीले संचालन गरेको कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुस