प्रदिप कुमार राना
आउँदो साता १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ ।
झण्डै साढे चार दशक शिक्षण पेशामा हजारौँ विद्यार्थीलाई मार्ग निर्देश गरेका एमालेका उम्मेदवार बहादुर चन्दले थुप्रै सम्भावना बोकेको वडालाई लागु औषध दुव्र्यसनी मुक्त वडा बनाउँछु ।
‘लागु औषधले किशोरदेखि युवासम्मै ठुलो मानविय क्षति भोकिरहेको वडालाई लागु औषध मुक्त वडा बनाउँछु, आफ्नो सेवानिवृत बाँकी जिवन समाजकै हित विकास र सेवामा लगाउछु ।
समाजिक सुरक्षा भत्ता वितरणदेखि नागरिकलाई घरघरसम्मै सेवा प्रदान गर्छु । विद्युत, सडक विस्तार, शिक्षा सुधार, भौतिक पूर्वाधार विकासका कार्यक्रम अघि बढाएर वडालाई सम्बृद्ध बनाउछु ।
वडामा ढल निकासका समस्या समाधान गर्दै विपदको समस्या हटाउछु । वडामा देखिएको विद्युत सहितका समस्या समाधान गर्दै नागरिकलाई सुखी बनाउँछु । वडामा रहेका सामुदायिक सहितका अन्य विद्यालयमा देखिएका समस्या समाधान गर्दै वडाको दीगो विकासमा मात्रै केन्द्रीत हुन्छु ।