कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४महेन्द्रनगर नगर विकास समितिको जमिनमा निर्माण भएको केशब आश्रमलाई कार्तिक अन्तिम साता भीमदत्त नगरपालिकाले भत्काईदिएपछि आक्र्रोसित बनेका केशब आश्रमका संचालक, पदाधिकारी सदस्यहरुले नगरप्रमुख पदम बोगटीलाई भेटेको छन ।

मंगलबार हिन्दु स्वयम सेवक संघ कञ्चनपुरका नेता कार्यकर्ताहरुले मेयर बोगटीलाई भेट्दै १८जेठ ०८१भीमदत्त नगर विकास समितिले संस्थगत सरचनाहरुको हकमा पछिल्लो बषैकमा छलफल गर्ने निर्णय भएपनि आफ्नो र छेउमै रहेको नयाँ अभिमत साप्ताहित पत्रिकाको मात्रै किन ? तोडफोड गरिएको भन्दै प्रशन गरेका छन ।

हिन्दु स्वयम सेवक संघ केन्द्रीय सदस्य हर्केष विष्टले जानकारी बिनै छापामारशैलीमा पालिकाले भवन तोडिदिएको भन्दै आक्र्रंोस पोखे । ‘हामीलाई समान्य जानकारी बिनै भत्काईदियो, अनि हाम्रो र छेउमै रहेको नयाँ अभिमत साप्ताहित पत्रिकाको भवन मात्रै अवैध हुन, ‘उनले प्रशन गर्दै भने, ‘यो त हिन्दुमाथिको ठेस लाग्ने काम भएको छ ।’

हिन्दु स्वयम सेवक संघ कञ्चनपुरका सचिव रदिप पाल(आरक्षपीडित)ले हाम्रंो घर भत्काएपछि डोजर किन रोकियो, अरु अवैध सरचना कहिले भन्छिन, मेयर साप भन्दै प्रशन राखेपछि भीमदत्त नगरका मेयर पदम बोगटीले अवैध अवैध सरचनामा डोजर चल्छ ।

अवैध पनि समै टुट्छन । ‘पालिकालाई तालाबाजी बुझाईसकेपछि हाम्रो मातहत आएको सरचना भत्काउने कि राख्ने हाम्रो निर्णय हुन्छ, ‘हामीले न मन्दिर भत्काएका न हिन्दुधर्ममाथि ठेस पु¥याउने काम गरेका छौँ, भवन भत्किएर हजुरहरुमाथि परेको ठेसको म क्षया याचित छु, निवेदन दिनुहोस मैले के गर्न सक्छु गर्छु, नभए मेरो घरमा २कट्टा जमिन दिन्छु, तर भवनमा मेरी जन्मदिने आमाको नाम लेख्नुपर्छ ।’

मेयर बोगटीले कसैलाई काखापाखा नराखी नगरका अवैध अवैध सरचना भत्किने घोषणा गरेका छन । यस अघि पनि अवैध सरचना भत्किएको अब पनि भत्किने मेयर बोगटीले घोषणा गरेका छन । भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले आफु हिन्दुधर्मप्रति पूर्ण आस्थावान भएको बताए ।

उनले धर्मप्रति नभई अवैध सरचनामा मात्रै भत्काएको र मेयरकै निर्देशनमा अवैध सरचनामा डोजर लगाएको बताए । प्रवक्ता अवस्थीले सबै अवैध सरचनामा डोजर लाग्ने बताउँदै कसैलाई काखा र कसैलाई पाखा नराखि काम गर्ने प्रण गरेका छन ।

प्रतिक्रिया दिनुस