धनसिह धामी
कञ्चनपुर । १६ मंसिरमा कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा उप निर्वाचन हुदैछ । रिक्त वडाध्यक्ष पदका लागि भीमदत्त नगरपालिका ६ वडाध्यक्ष पदका लागि आउँदो आईतबार चुनाव हुँदैछ । साना, ठुला दश राजनीतिक दलका उम्मेदवार आ–आफ्नो चुनावी एजेण्डा लिएर मतदाताको घरदैलोमा पुगिरहेका छन । दुई स्वतन्त्र सहित १० दलका उम्मेदवार चुनावी मैदानमा होमिएसंगै साना, ठुला राजनीतिक दल, तिनका उम्मेदवार पनि स्थानीय राष्ट्रिय चुनावी एजेण्डाका साथ अघि बढेका हुन ।
उम्मेदवारी दर्तासंगै १२ उम्मेदबार चुनावी मैदानमा होमिएका छन । उम्मेदवार वडाका ५ हजार ४३४ मतदाताहरुका घरमै पुगेर मत मागिरहेका छन । ठुला पाँच राजनीतिक दलका उम्मेदबार नेपाली काँग्रेसबाट प्रकास बहादुर चन्द, नेकपा एमालेबाट बहादुर चन्द, नेकपा माओवादी केन्द्रबाट नानाराम कोली, नेकपा एकीकृत समाजवादीबाट जितेन्द्र बहादुर चन्द.र साना पाँच राजनीतिक दलबाट राष्ट्रिय स्वतन्त्र पाटीबाट रामदत्त भट्ट, साना दल राष्ट्रिय प्रजातन्त्र पाटीका तर्फबाट यस अघि पनि दुई पटक चुनावमा होमिएका शुशिल कुमार भट्ट, राप्रपा नेपालका दिल बहादुर धामी चुनावी मैदानमा होमिएका छन ।
काँग्रेसका उम्मेदवार प्रकास चन्द नेवि संघबाट राजनीतिमा, एमालेका बहादुर चन्द शिक्षक पेशाबाट राजनीतिमा, माओवादीका नानाराम कोली समाजसेवा हुँदै राजनीतिमा र समाजवादीका युवा जितेन्द्र चन्द कृषिदेखि युवा राजनीतिमा र रास्वपा उम्मेदवार रामदत्त भट्ट शिक्षा क्षेत्रबाट राजनीतिमा होमिएका छन । काँग्रेस, एमाले, माओवादी, समाजवादी र रास्वपाका उम्मेदवारका भौतिक पूर्वाधार विकासदेखि आधारभूत समान भएपनि केही भिन्न एजेण्डा अघि सारेका छन ।
जनमत पाटीका तर्फबाट यादब बहादुर चन्द, नागरिक उन्मुक्ति पाटीबाट हरिष डगौरा, नेमकीपाबाट दल बहादुर बोहरा चुनावी मैदानमा होमिएका हुन । यतिसम्म रोचक चार राजनीतिक दलका उम्मेदवार एकै भगवती टोलकै छन । नेपाली काँग्रेसका प्रकास चन्द, एमालेका बहादुर चन्द, नेकपा एकीकृत समाजवादीका जितेन्द्र बहादुर चन्द र राप्रपाका शुशिल कुमार चन्द एकै टोल ओल्लोपल्लो घरमा हुन । काँग्रेसका उम्मेदववार प्रकास चन्द र एमालेका उम्मेदवार बहादुर चन्द काका भतिजा हुन ।
भने राप्रपाका उम्मेदवार शुशिल भट्ट र एमालेका उम्मेदवार बहादुर चन्द पनि मितज्यू हुन । दश दलका उम्मेदवारका चुनावी एजेण्डाहरु यस्ता छन ।विद्यार्थीको हकहितका लागि भन्दै किशोरदेखि युवाअवस्थासम्मै २२ बर्ष विद्यार्थी राजनीतिमा खर्चिका पुर्व नेवि संघ नेता प्रकास बहादुर चन्द अहिले वडाध्यक्षको दौडमा छन । उनले समग्र वडामा रहेका विद्यमान समस्या जस्तै ः डुवान, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत लगायतका दुव्र्यसनी अन्त्य गर्ने एजेण्डा अघि सारेका छन ।
‘यो वडा निकै सम्भावना भएको वडा हो, यहाँ थुप्रै समस्या र चुनौती पनि छन, ति समस्यामा समाधान गर्दै नागरिकलाई सुविधा दिन मेरो उम्मेदवारी हो, वडामा रहेका तीन सामुदायिक विद्यालय सहित अन्य संस्थागत विद्यालय समेत सुदृढि गर्छु, विपन्न विद्यार्थीलाई विशेष छात्रबृति दिन्छु । अतिक्रमित भएका सार्वजनिक सडक सुधार गर्छु, युवा स्वरोजगारका कार्यक्रम अघि बढाउँछु । समग्र वडाको एकीकृत विकास गरेर नगरकै नमुना वडा बनाएर नागरिकलाई सेवा प्रवाह गर्छु ।
झण्डै साढे चार दशक शिक्षण पेशामा हजारौँ विद्यार्थीलाई मार्ग निर्देश गरेका एमालेका उम्मेदवार बहादुर चन्दले थुप्रै सम्भावना बोकेको वडालाई लागु औषध दुव्र्यसनी मुक्त वडा बनाउँछु । ‘लागु औषधले किशोरदेखि युवासम्मै ठुलो मानविय क्षति भोकिरहेको वडालाई लागु औषध मुक्त वडा बनाउँछु, आफ्नो सेवानिवृत बाँकी जिवन समाजकै हित विकास र सेवामा लगाउछु । समाजिक सुरक्षा भत्ता वितरणदेखि नागरिकलाई घरघरसम्मै सेवा प्रदान गर्छु ।
विद्युत, सडक विस्तार, शिक्षा सुधार, भौतिक पूर्वाधार विकासका कार्यक्रम अघि बढाएर वडालाई सम्बृद्ध बनाउछु । वडामा ढल निकासका समस्या समाधान गर्दै विपदको समस्या हटाउछु । वडामा देखिएको विद्युत सहितका समस्या समाधान गर्दै नागरिकलाई सुखी बनाउँछु । वडामा रहेका सामुदायिक सहितका अन्य विद्यालयमा देखिएका समस्या समाधान गर्दै वडाको दीगो विकासमा मात्रै केन्द्रीत हुन्छु । दलित , विपन्न गरिब समुदायको समाजिक उत्थानका लागि खटिएका नानाराम कोली नेकपा माओवादी केन्द्रबाट चुनावमा होमिएका छन । जनताका आधारभूत समस्यालाई प्राथमिकतामा राखेर काम गर्छु, वडाको भ्रष्टाचारदेखि सार्वजनिक सरकारी अतिक्रमित सरकारी जमिन खाली गराउँछु ।
वडामा देखिएको डुवान, सिँचाई, बेरोजारी, जनतालाई जमिनको मालिक बनाउँछु । खानेपानी, सडक, विद्यालय सुधार, खानेपानीको विस्तार गर्छु, एकल महिला, दलित, जनजाती विपन्न समुदायलाई स्वदेशमै रोजगारीका कार्यक्रम संचालन गर्छु । वडामा नवराज शिशु जन्मिने वित्तिकै एक हजार प्रोत्साहत भत्ता दिन्छु । निःशुल्क एम्बुलेन्स सेवा, शव बहानको सुविधा बनाउँछु । मुक्त छुट हलिया, कमैयाको पुर्नस्थापना गर्छु, विपन्न एव जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षादेखिका परम्परागत सीपलाई आधुनिकरीकरण गर्दै व्यवसायीकता विकास गर्छु । मलाई र मेरो पाटीलाई आम मतदाताले रुचाईसकेका छन । पाटीको सुशासन र दीगो विकास सम्बृद्धिको एजेण्डामा जनता उत्साहित छन ।
समाजिक शैक्षिक क्षेत्र शान्ति निकेतन माविका अध्यक्ष रामदत्त भट्ट राष्ट्रिय स्वतन्त्र पाटीका तर्फबाट चुनावमा होमिएका छन । उनले अहिलेसम्म वडामा काँग्रेस, एमालेले नेतृत्व लिदा पनि जनताको उनै समस्या भएकाले समाधानका लागि आफु चुनावकामा होमिएको छु । अहिलेसम्म चुनाव जितेर वडा हाकेका एमाले काँग्रेसले जनताको आधारभूत समस्या बुझ्न सकेनन, न उनीहरुले विधी पद्दती बसाले, त्यही भएर जनता अहिले पनि दुखि छन ।
मैले समग्र वडाको समस्या पहिचान गर्दै ति समस्याको अल्पकालिन होईन, दिर्घकालिन समस्या समाधानका लागि योजना ल्याँउछु । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि पर्यटन, शिक्षकको क्षमता विकास गर्नु, वडाका सेवा शिघ्र पारदर्शी, खानेपानी, सडक सुरक्षा, लागु औषध नियन्त्रण, भौतिक पूर्वाधार विकास गर्छु । मैले पाउने सेवा सुविधा पनि जनताकै हितमा खर्च गर्छु, किसानलाई सिँचाईदेखि मलबिउ दिलाउँछु, लागु औषध नियन्त्रण, फोहोरमैला व्यवस्थापन गर्छु, भ्रष्टाचारमुक्त गराउछु ।’ युवा राजनीतिमा होमिएका जितेन्द्र बहादुर चन्द नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन । उनले पछिल्ला बर्षहरुमा युवाहरु स्वदेशमा रोजगारी छैन भनेर विदेश पलायन हुने अवस्था सृजना भएको छ ।
हाम्रो वडा एकातिर बजारीकरण अर्कातिर कृषिमा पनि सम्भावना बोकेको छ, राजमार्ग क्षेत्रमा बजारीकण, उत्तरमा कृषि विकास कार्यक्रम गरेर युवाहरुलाई स्वदेशमै स्वरोजगारमैत्रै वडा बनाउँछु । प्रशासनिक कामकाज सेवा प्रवाह चुस्तदुरुस्त बनाउँछु, एक टोलमा एक उत्पादन अभियान अघि बढाउँछु, युवादेखि आमा सबैलाई कृषि समुहमा जोडछु, स्थानीय उत्पादन प्रर्बद्धन गर्छु, कृषि, पशुपालनका कार्यक्रमलाई युवामुखी बनाउँछु, वाढीको समस्या हटाउछु, सडक स्तरोन्नती गर्छु, लागु पदार्थको दुव्र्यसनी हटाउँछु, खानेपानी, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, छाडा पशु चौपाया नियन्त्रण, विद्युतका समस्या लगायतका समग्र वडामा देखिएका समस्या समाधान गर्दै वडालाई स्वरोजगारमैत्री वडा बनाएर वडाबासीलाई स्वदेशमै आत्मनिर्भर बन्ने कार्यक्रम लागु गर्छु ।’
तेस्रो पटक वडाध्यक्षका लागि दौडमा रहेका राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार शुशिल कुमार भट्टले वडालाई भ्रष्टाचारमुक्त गराउने एजेण्डा अघि सारेका छन । उनले यस अघि वडा सम्हाल्ने काँग्रेस, एमालेहरुले भ्रष्टाचार गरेर वडाको बृद्धि विकास हुन नसकेको भन्दै शुरुवातमै भ्रष्टाचारबाट वडा मुक्त गराउने एजेण्डा अघि सारेका हुन । हिन्दुधर्म राजतन्त्र पुर्नस्थापना सहितका एजेण्डा अघि सार्दै वडाको विकासका लागि मैले चुनावमा मतदातासंग भोट मागिरहेको छु, जनताका स्थानीय समस्या पहिचान गर्दै समाधान गर्छु, सडक, सिँचाई, पुल पुलेसा बनाउँछु । जातिय, क्षेत्रीयता नभनिकनै समाजको विकास गर्छु ।
घर घर पुग्दै मतदातासंग मत मागेर यसरी चुनाव जितेपछि जनताको सेवा गर्छु मैले चुनाव जितेपछि कर्मचारीदेखि दलका कुनैपनि नेतालाई भ्रष्टाचार गर्न दिदैन भन्दै हिडेको छु मलाई तेस्रो पटक जनताले पत्याउने आशा लिएको छु । जनमत पाटीका उम्मेदवार यादव बहादुर चन्द परिचित व्यक्ति हुन । उनी बालजागृती कलेजका संचालक समेत रहेका चन्द अहिले जनमत पाटीबाट चुनावमा होमिएका छन । चन्दले ठुला दलबाट केही नभएको भन्दै आफु चुनावमा होमिएको बताए ।
‘मैले भीनपा ६ बर्षातका बेला विपद्मा पर्ने वडा हो, समान्य बर्षा हुँदा पनि यहाँ घर खेतबारी डुवान परेर जनताले सास्ती खेप्नु परेको छ, यो वडालाई विपद् मुक्त वडा बनाएर जनतालाई बचाउने काम गर्छु ।’ सडक सहितका पूर्वाधार विकास गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, युवायुवतीलाई रोजगारी, निःशुल्क एम्बुलेन्स सेवा सहित समाजिक सुरक्षा सहितका सम्बृद्धि नमुना वडा बनाउने एजेण्डा लिएर चुनावमा होमिएको छु ।
राष्ट्रसेवा सशस्त्र प्रहरीबाट हालै सेवानिवृत भएका हरिष डगौरा यस अघि कुनैपनि पाटीमा थिएनन्, थारु नेता रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्तिबाट घर आउने वित्तिकै राजनीतिमा होमिएका उनले जनताका आधारभूत थुप्रै समस्या समाधान गर्ने चुनावी एजेण्डा अघि सारेका छन । आफु सशस्त्र प्रहरीका हुँदा सानो दर्जाको भएकाले सोचे अनुरुप नीतिगत काम गर्न सकेको थिएईन, यहाँ त वडाकै नेतृत्व पाए गर्छु । पुराना दलबाट जनताले अपेक्षाकृत सेवा पाएनन, हाम्रो दलबाट म गर्छु ।
हाम्रो वडा वाढीप्रभावित वडापनि हो, सकेजती वाढीपीडितको समस्या समाधान गर्छु । गरिब विपन्न समुदायको शिक्षा, स्वास्थ्यका लागि पनि पहल गर्दै वडाका समस्या समाधान गर्छु । पुर्व शिक्षण पेशा हुँदै अहिले कानुन व्यवसायी(अधिवक्ता) समेत रहेका दल बहादुर बोहरा पनि नेपाल मजदुर किसान पाटी(नेमकिपा)बाट चुनावमा होमिएका छन । उनले पछिल्ला दिनहरुमा समाजमा लागु औषधको बिगबिगी बढिरहेका बेला, किशोरदेखि युवासम्मै कुलतमा फसेकाले समान लागु औषधले ध्वस्त भईरहेका बेला लागु औषध मुक्त वडा बनाउने एजेण्डा अघि सारेका छन ।
‘जनतालाई लागु औषधबाट बचाउन सके अन्य वडाको विकास निर्माण सम्बृद्धि पनि स्वतह त्यही अनुरुप हुन्छ, मैले लागु औषध सेवनकर्तालाई पनि कक्षा दिएर छाड्ने बनाउछु । समग्र वडाको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, सिँचाई, संचार, कृषि, व्यवसाय, उद्यम लगायतका योजना अघि सारेर वडा सम्बृद्धि बनाउँछु । राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा नेपाल)का उम्मेदवार दिल बहादुर धामी पनि पहिलो पटक वडाध्यक्षको दौडमा होमिएका छन । उनले यस अघि काँग्रेस,एमाले, माओवादी, राप्रपा सबै दललाई जनताले हेरेको यस पटक राप्रपा नेपालको पालो भएको बताए ।
अर्को राप्रपाले पनि हिन्दुधर्म, राजतन्त्र भन्दै मत मागिरहेको छ, मत यस्तो गर्दैन, यो स्थानीय चुनाव पो हो । हाम्रो वडामा सबैभन्दा बढी छाडा पशु चौपायाको समस्या छ, उक्त समस्या समाधान गर्ने मेरो योजना छ । दुध दिदासम्म पाल्ने त्यसपछि छाडा सडकमा छाड्ने प्रवृतिले एकतिर गाई अर्कातिर किसानको खेतबारी स्वाहा भएर जनतालाई खाद्यान्न समस्या भएको छ, सकेजती म त्यही काम गर्छु ।