कञ्चनपुर । झण्डै अढाई दशकदेखि यातायात सेवा प्रदान गर्दै आएको पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको पाँचौँ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेन सम्पन्न भएको छ । शनिबार महेन्द्रनगरमा पवनदुत सार्वजनिक यातायात सेवा प्रालिको पाँचौँ बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रमा कञ्चनपुरका सवारी चालकदेखि यातायात व्यवसायीलाई सम्मान सहित चार समाजिक संघ संस्थालाई आर्थिक सहयोग गरिएको छ । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिकाले दुई चालकलाई सम्मान गरेको छ । पवनदुत यातायातकै बस चालकद्वय तिलक खत्री र सुरेन्द्र सिह बोहरालाई सम्मान गरिएको हो ।
पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका बरिष्ठ उपाध्यक्ष महेश बोहराले कुलसतापुर्वक यात्रुलाई गन्तव्यमा पु¥याउने चालकद्वय खत्री र बोहरालाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको बताए । खत्री सुपप्र ०१००१ख१२१४को बस महेन्द्रनगर बैतडी रुट र बोहरा सुपप्र ०१००१ख१४२३नम्बरको बस महेन्द्रनगर काठमाण्डौँ चलाउदै आएका छन । खत्री झण्डै १० र बोहरा झण्डै १७ बर्षदेखि सार्वजनिक बस चलाउँदै आएका छन ।
चालकद्वय बोहरा र खत्रीले सम्मानबाट आगामी दिनमा यात्रुलाई गन्तव्यसम्म सुरक्षित पु¥याउने थप जिम्मेबारी थपिएको बताए । पवनदुत यातायात केन्द्रीय कार्यालयका लेखापाल रमेश प्रशाद चटौत, प्रधान कार्यालय कर्मचारी जगदिश राज पाण्डे,काठमाण्डौँ काउण्टरका कर्मचारी धुव्र चौलागाई, बैतडी पुचौडी काउण्टरका रमेश रैकललाई समेत सम्मान गरिएको छ । साथै भुपेन्द्र प्रशाद पन्त र भरत पन्त व्यवसायीलाई समेत सम्मान गरिएको छ ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहारा, कार्यक्रमका सभापति समेत रहेका पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका अध्यक्ष निरञ्जन मल्ल, भीमदत्त नगरका उपमेयर निलक लेखक, भीमदत्त १८का वडाध्यक्ष रविन्द्र देवकोटा, ४का वडाध्यक्ष शुशिल भट्ट लगायतले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रम संचालक समेत रहेका पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका कार्यालय प्रमुख माधव प्रशाद भट्टले विगत केही तीन बर्षदेखि नेपाल रेडक्रस सोसाईटी शाखा कञ्चनपुर, समाजकल्याण बाल अनाथालय महेन्द्रनगर, महिला तथा बृद्ध सेवा केन्द्र बनखेत र बैजनाथ बृद्ध सेवा केन्द्र रौटेलामा २५ हजारका दरले आर्थिक सहयोग गरिएको बताए ।
समाजिक उत्तरदायीत्व अन्र्तरगत चारै संस्थालाई आर्थिक सहयोग गरिएको बताए । पवनदुतका संस्थापक अध्यक्ष स्व . प्रेमसिह भण्डारीकी धर्मपत्नी लक्ष्मीदेवी भण्डारीलाई समेत सम्मान गरिएको छ । पवनदुतका महासचिव विष्णूदत्त जोशीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ०५७ सालदेखि अनवरत रुपमा यातायात सेवा प्रदान गर्दै आएको र ४ भदौँ ०७५देखि समिति खारेजी गरिएको बताए । आर्थिक बर्ष ०७९÷०८०देखि नियमित रुपमा रेडक्रस सहितका समाजिक संघ संस्थामा समाजिक उत्तरदायीत्व अन्र्तरगत सेवा प्रवाह गरिरहेको बताए ।
कार्यक्रममा यातायात व्यवसायी एव सरोकारवालाले यातायात सेवा गुणस्तरिय बनाउनुपर्नेमा जोडदिएका छन । नेपाल यातायात राष्ट्रिय महासंघका सुप प्रदेशका संयोजक टेकराज जोशीले सरकारले आफुहरुले राम्रो गुणस्तरिय भरपर्दो सेवा दिनुपर्नेमा जोडदिएका छन ।
नेपाल यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष डम्बराज पन्तले यातायात व्यवसायीमाथि अन्याय गरेको दुखेसो पोखेका छन । संस्था दर्ता ऐन ०३४ अनुरुप संचालन भईरहेका यातायात समितिलाई ०७५सालमा एक्कासी खारेजी गरेर प्रालिमा दर्ता गरेपछि झन समस्या भएको बताए ।
‘हामी यातायात व्यवसायी एकजुट भएपछि सर्वोच्चले हाम्रा माग पुरा गरेको छ, ‘उनले भने, ‘अब सरकारले कार्यान्वयन गर्नुपर्छ ।’भीमदत्त नगरका उपप्रमुख निलम लेखकले यातायात क्षेत्र सुधारका लागि पालिका सरकारबाट आवश्यक सहयोग गर्ने बताईन ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले यात्रुलाई गुणस्तरिय, भरपर्दो सेवामा प्रवाहमा जोडदिए । कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले गुणस्तरिय, भरपर्दो सेवा प्रवाहमा जोडदिदै आफ्नो तर्फबाट आवश्यक सहयोगमा बचन दिए ।
पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका सचिव राम बहादुर धामीले बार्षिक साधारण सभाबाट नयाँ कार्य समिति चयन गरिने बताए । पवनदुत सार्वजनिक यातायात सेवा प्रालिका उपाध्यक्ष डम्बर विष्टले सहमतीय आधारमा कार्य समिति विस्तार गर्दै भावि दिनमा थप स्तरिय सेवामा जोडदिए ।
अहिले पवनदुतले भारतको दिल्ली, देहरादुनदेखि नेपालको राजधानी काठमाण्डौँ सहित पहाडी एव पुर्वी तराई स्थानीय क्षेत्रमा यातायात सेवा प्रवाह गर्दै आएको छ । कार्यक्रममा यातायात क्षेत्र सहितका सरोकावारला सहभागि भएका थिए ।