डिल्लीराज पन्त

कञ्चनपुरका एक जना समाजसेवीले बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेका छन । दोधाराचाँदनी नगरका स्थानीय समेत रहेका गुरुकुल ईन्सिच्युट अफ टेक्निकल एजुगेशनका संचालक भीम कुमालले बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेका हुन ।

समाजसेवी कुमालले आफ्नो जन्मदिनको अवसरमा बेदकोट नगरपालिका ८ बैजनाथ जेष्ठ नागरिक बृद्ध आश्रम धाममा बस्दै आएका बेसाहरा नागरिकलाई खाद्यान्न वितरण गरेका छन । बुधबार एक कार्यक्रमका विच रौटेला बृद्धआश्रम धाममा बस्दै आएका जेष्ठ नागरिकलाई आहाराकका लागि खाद्यान्न स्वरुप चामल, दाल, नुन, खानेतेल वितरण गरेका छन ।

यसका साथै फलफुल समेत वितरण गरेका छन । दोधाराचाँदनी स्वतन्त्र समुहका अध्यक्ष समेत रहेका समाजसेवी कुमाल सहित उनकी धर्मपत्नी गिता कुमालले जेष्ठ नागरिकलाई फलफुल आफैले वितरण गरेका थिए । कुमालले आफ्नो जन्मदिनको अवसरमा समाजिक सेवा गर्ने उदेश्यका साथ बेसाहरा जेष्ठ नागरिकलाई सक्दो खाद्यान्न सहयोग गरेको बताए ।

उनले आफ्नो खुसीमा दिनदुखीहरुलाई सक्दो खाद्यान्न एव फलफुल वितरण गरेर समाजिक कार्य गरेको बताए । आफ्नो खुसीमा बेसाहरा नागरिकको दुखमा समेत आश्रममा खाद्यान्न दिनुका साथै फलफुल वितरण गरेर जन्मदिन मनाएपछि जेष्ठ नागरिक हर्षित भएका छन ।

उनीहरुले समाजसेवी कुमाललाई दोसल्ला ओढाउनुका साथै फुल दिएर स्वागत सम्मान गरेका थिए । समाजसेवी कुमालले यस अघि कोरोना महामारीदेखि थुप्रै विपद्का बेला संकटमा परेका नागरिकको उद्दारदेखि राहत विवतरण गर्दै आएका छन ।

उनले वाढी, डुवान, कोरोना सहित अन्य बेलामा समेत खाद्यान्न, नगद एव भौतिक समाग्री वितरण गर्दै समाजिक सेवा गर्दै आएका छन । ०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दोधाराचाँदनी नगरपालिका मेयरका प्रत्यासी समेत रहेका कुमालले सम्माजनक मत ल्याएका थिए । उनले आगामी दिनमा समेत निरन्तर मानविय सेवा गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस