सित्तल भट्ट
कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला हुने भएको छ । बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला ०८१ हुने भएको हो । ‘कृषि पर्यटन, उद्योग र व्यापार सम्बृद्धि बेलौरीको आधार’ मुल नारा अघि सारेर तेस्रो संस्करमा मेला संचालन गर्न लागेको छ ।
८ पुष ०८१ सोमबारदेखि बेलौरी नगरपालिका ४ बेलौरीको खुला मञ्चमा व्यापार मेला हुने आयोजकले जनाएको छ । वाणिज्य संघको आयोजना र बेलौरी नगरपालिकाको सह आयोजनामा औद्योगिक व्यापार मेला संचालन हुन लागेको हो । यस अघि दुई संस्कर मेला लगाईसकेको वाणिज्य सघले तेस्रो पटक हिउँदमै मेला संचालन गर्न लागेको छ ।
बेलौरी महोत्सवको लक्ष्य कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास गर्दै स्थानीय स्तर उत्पादन र संस्कृतिको प्रवद्र्धन गर्ने रहेको आयोजकले जनाएको छ । बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह विष्टले बेलौरीको पर्यटन, कृषि, औद्योगिक विकासका लागि मेला संचालन गर्न लागिएको बताए ।
महोत्सव सञ्चालनका लागि करिब २९ लाख रुपैयाँको अनुमानित बजेट रहेको महोत्सवले स्थानीय किसान, व्यवसायी, उद्योगी, र सांस्कृतिक समूहलाई आफ्नो उत्पादन, कला र सीप प्रदर्शन गर्न विशेष प्लेटफर्म प्रदान गर्ने बताउँदै महोत्सवमा ९० वटा स्टल राखिनेछ ।
अध्यक्ष विष्टका अनुसार स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकला,औद्योगिक सामग्री, र आधुनिक प्रविधि प्रदर्शनी स्थानीय किसानहरूले आफ्ना जैविक उत्पादित बस्तु प्रदर्शनीमा राखिने छन । महोत्सवको अर्को मुख्य आकर्षण स्थानीय संस्कृति झल्किने कार्यक्रमहरू प्रर्दशनमा ल्याईनेछ ।
स्थानीय व्यापारीहरूलाई स्थल बुकिङमा विशेष प्राथमिकता दिइने बताउँदै स्टल शुल्क, प्रवेश शुल्क, प्रायोजन र सरकारी तथा गैरसरकारी निकायको सहयोग प्रमुख आयका स्रोत हुनेछन् । जिल्लाकै पहिलो सदरमुकाम समेत रहेको बेलौरी महोत्सवले बेलौरीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने मात्र नभई स्थानीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
महोत्सव अवलोकनका लागि आम सर्वसाधारणका लागि १ सय रुपैँया, विद्यार्थी सहुलियत लागि ६० रुपैयाँ र ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि प्रवेश निःशुल्क गरिएको छ । १०दिने महोत्सवमा स्थानीय उत्पादन, कला, र संस्कृतिको प्रवद्र्धन गर्दै कृषि, उद्योग, र पर्यटनको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ ।
स्थानीय एव राष्ट्रिय कालाकारबाट समेत विवित साँस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछन । १७ पुषसम्म महोत्सव संचालन हुनेछ । स्थानीय स्तरमा हुने महोत्सवले व्यवसायी, उद्योगी, किसानलाई लाभ हुने दावि गरिएको छ ।