कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) कञ्चनपुरको पुनर्वास पुगेका छन ।
शनिबार जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ६ प्रतिभानगरमा हुने भ्रष्टाचार बिरुद्धको खबरदारी सभा सम्बोधनका लागि प्रचण्ड शनिबार बिहान कञ्चनपुर पुगेका हुन ।
पुर्व प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास पुगेको माओवादी केन्द्रले जनाएको छ । नेकपा माओवादी केन्द्र सुप प्रदेश प्रचारप्रसार विभाग प्रमुख ओम विक्रम भाट(सरल)ले प्रचण्ड पहिलो पटक पुनर्वास पुगेको बताए । शनिबार बिहान प्रचण्डले बिचफाँटा स्थित तस्कर समुहबाट मारिएका गोबिन्द विकको घरमा पुगेर भेटघाट गरेका छन । केही बेरमा सभा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुप प्रदेश सभा सांसद ओम विक्रम भाट(सरल)ले पाटीले आयोजना गर्न लागेको भ्रष्टाचार र बेथिति बिरुद्धको सभा सम्बोधनका लागि प्रचण्ड पुर्नवास आउन लागेको बताए । दिउँसो हुने सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको उनले बताए ।
वर्तमान काँग्रेस, एमाले सम्मिलित सरकारले सुशासन भन्दा आफ्ना भ्रष्टाचारीलाई जोगाउने विपक्षी दलका नेता कार्यकर्ताहरुमाथि झुटा मुद्दा लगाउने प्रवृति हावि भएको भन्दै माओवादीले सीमावर्ती कञ्चनपुरको पुर्नवासमा खबरदारी सभा गर्न लागेको छ । सभाको सम्पूर्ण तयारी पुरा भएको माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेम पाण्डेयले बताए । उनका अनुसार मञ्च व्यवस्थापनदेखिका आवश्यक सबै तयारी पुुरा भएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले पाटी अध्यक्ष पुर्नवास आउने भएपछि यहाँका सीमा समस्यादेखिका विवित विषयमा समस्या समाधानका लागि पाटीले समेत ध्यानाकर्षण गराउने बताए । नेता लम्सालले सीमावर्ती प्याराताल सहितका स्थानको स्थलगत अनुगमन, सहिद गोबिन्द गौतमको सालिकमा माल्र्यापण गराउने बताए ।
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले खबरदारी सभाको तयारी भइरहेको बताए । प्रदेश इन्चार्ज पोखरेलले सरकारका गलत कामबारबाहीलाई जनतासमक्ष पु¥याउन खबरदारी सभा गर्न लागिएको बताए ।
पोखरेलले भ्रष्टाचार र बेथितीविरुद्ध माओवादीले खबरदारी सभाहरु गरिरहेको बताए । काठमाडौँबाट सुरु भएको खबरदारीलाई तलसम्मै लैजान लागिएको उनको भनाइ थियो । ‘हाम्रो पार्टीका अध्यक्ष प्रचण्डले सुशासन, समृद्धि र सामाजिक न्यायसहित १८ महिनाको नेतृत्व गर्नुभयो’ पोखरेलले भने, ‘अर्को सरकार आएपछि मुलुकलाई जुन दिशामा लैजान खोजिएको छ त्यसबारे जनतालाई जानकारी गराउँछौँ ।’ प्रचण्ड नेतृत्वले खोलेका भ्रष्टारका फाइलहरु अहिलेको सरकारले थन्क्याएर राखेको उनले बताए । ‘अघिल्लो सरकारमा भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोलिएका थिए’ पोखरेले भने, ‘अहिले कुन कुनामा ती अड्किएका छन् । यहाँहरुलाई थाहै छ ।’
पोखरेलले संविधान संशोधनको सबैभन्दा बढी पक्षमा माओवादी रहेको दावी गर्दै संविधानका उपलब्धी कमजोर पार्ने गरी हुने संशोधन भने स्विकार्य नहुने बताए । ‘संविधान बनाउँदा नै आफ्ना असहमति राखेर हामी अगाडि बढेका हौँ । कोही संविधान संशोधनको पक्षमा छ भने सबैभन्दा बढी हाम्रो पार्टी छ’ उनले भने, ‘हामी शासकीय स्वरुपको यो मोडेल बदल्न चाहन्छौँ । हामी निर्वाचन प्रणाली बदल्न चाहन्छौँ ।’
संविधान संशोधनबारे प्रतिपक्षले हालसम्म कुनै संवाद नगरेकोमा उनले असन्तुष्टि जनाए । ऐननिर्माण आदि दश वर्षभित्र गरिसक्नुपर्ने काम पुरा गरेरमात्र संविधान संशोधनको कुरा गर्नु जायज हुने उनको तर्क थियो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सरकारले निहुँ खोजिरहेको विषयलाई माओवादीले सुक्ष्मरुपमा हेरिरहेको उनले बताए । कार्यक्रममा हजारौँ नागरिक आउने जनाईएको छ । सभालाई भब्य र सभ्य बनाउन नेकपा माओवादी कञ्चनपुर संयोजक खेमराज पाण्डेयको संयोजकत्वमा ७० सदस्यीय उप समिति गठन गरिएको छ ।
माओवादी कचनपुरका इन्चार्ज टेकेन्द्र प्रसाद भट्ट (बिक्रम) संयोजकत्वमा ११ सदस्यीय मुलपरिचालन उपसमिति गठन गरिएको छ भने भट्टकै संयोजकत्वमा ८ सदस्यीय जनपरिचालन उपसमिति गठन गरिएको छ । माओवादी नेता बिरबल बिस्वकर्माको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । नेतन देवकरको संयोजकत्वमा ७ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । माओवादी नेतृ माया नेगिको संयोजकत्वमा १२ सदस्यीय यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
माओवादी केन्द्रीप सदस्य ओम बिक्रम भाट (सरल)संयोजकत्वमा ३ सदस्यीय प्रचारप्रसार उप समिति गठन गरिएको छ । अर्का केन्द्रीय सदस्य गोविन्द बिकको संयोजकत्वमा ७ सदस्यीय सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ । कञ्चनपुरकी माओवादी नेतृ दिपा चौधरीको संयोजकत्वमा ७ सदस्यीय सांस्कृतिक परिचालन उपसमिति गठन गरिएको छ । केन्द्रीय सदस्य लोकेन्द्र लम्सालको संयोजकत्वमा १० सदस्यीय अतिथि स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ । केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य देवीलाल चौधरीको संयोजकत्वमा ९ सदस्यीय एकता धुव्रीकरण्उा समायोजन उपसमिति गठन गरिएको छ । पाटी अध्यक्ष प्रंचण्ड जिल्लाको सीमावर्ती पुनर्वास नगरपालिका आउने भएपछि माओवादी केन्द्रका नेता कार्यकर्ता पुनर्वास क्षेत्रमा सकृयतापुर्वक खटिएका छन । खबरदारी सभा सफल पार्नका लागि स्थानीयदेखि केन्द्रीय स्तरका नेता कार्यकर्ताहरु अहिले सकृयतापुर्वक खटिएको माओवादी कञ्चनपुरले जनाएकोछ ।