कञ्चनपुर । आधारभूत तह हाजिरी जवाफ प्रतियोगितामा बैजनाथ मावि जडेपानी प्रथम भएको छ । नेपाल शिक्षक महासंघ बेदकोट नगर समितिले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा बैजनाथ मावि प्रथम भएको हो ।

आइतबार आयोजना गरिएको आधारभूत तह (कक्षा ६–८)को हाजिरीजवाफ प्रतियोगितामा बैजनाथ मावि प्रथम भएको शिक्षक महासंघले जनाएको छ । द्वितिय उदयदेव मावि सुन्दरपुर,तृतिय जनता मावि गाउजी, सान्त्वना तर्फ पशुपती आवि सुन्दरपुर भएको छ ।

भुवनेश्वरी माविमा भएको उक्त प्रतियोगितामा नगरभरीका १६ विद्यालय सहभागि भएका थिए । कार्यक्रमको अध्यक्षता समेत ग्रहण गरेको नेपाल शिक्षक महासंघ बेदकोट नगरका अध्यक्ष एव भुवनेश्वरी माविका प्रद्यानाध्यापक रण बहादुर दौल्यालले विद्यार्थीमा अतिरिक्त सिकाईका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि भोजराज बोहराले पनि यस्ता प्रतियोगिता पालिकाबाट समेत आयोजना गरिएको बताए । बिशिष्ठ अतिथि समेत रहेका बेदकोट शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख पदमराज भट्टले पनि विद्यार्थीमा ज्ञान अभिबृद्धिका लागि प्रतिस्पर्धामा जोडदिए ।

हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएका बैजनाथ माविका प्रद्यानाध्यापक नवराज पन्तले विद्यार्थीको मेहनत, शिक्षकको शिक्षणमा प्रभावकारी भूमिका एव अभिभावकको विद्यार्थीमा हेरचारले विद्यार्थीले सफलता पाएको बताए ।

जगन्नाथ पुस्तक पसल तथा जनरल स्टोर,दुर्गा पुस्तक भण्डारीले विजेता विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । नेपाल शिक्षक महासंघ बेदकोट नगरका सचिव एव घटाल माविका सहायक प्रद्यानाध्यापक गणेश धानुकले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी, विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी सहितका सरोकारवाला सहभागि भएका थिए ।

अभिभावक सहित सरोकारवालाहरुले विद्यार्थीमा नियमित पढाईका अतिरिक्त सिकाई ज्ञान अभिबृद्धिका लागि यस्ता कार्यक्रम अपरिहार्य रहेको बताएका छन ।

प्रतिक्रिया दिनुस