धनगढी । स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पताल र इन्दिरा आई.भि.एफ. क्लििनिक नेपाल प्रा.लि.को सहकार्य तथा समन्वयमा निःशुल्क निःसन्तानता परामर्स सिविर सम्पन्न भएको छ । शनिवार आयोजना गरिएको उक्त सिविरमा ७१ जनाले निःशुल्क निःसन्तानता सम्बन्धि परामर्स लिएका हुन ।
सिविरमा परामर्स लिन सहभागी भएका जलपति र भागीरामले आर्थिक अवस्था कमजोर रहेको र सुविधा सम्पन्न अस्पतालमा जान नसकेर निरास थिए । तर आज धनगढीमा रहेको स्वस्तिक अस्पतालमै निःशुल्क निःसन्तानता सम्बन्धि परामर्स पाएपछि खुसी भएको बताए ।
परामर्स निशुल्क पाएपछि उनीहरुमा खुसीको सीमा थिएन । उनी मात्र होईन, निःशुल्क परामर्स शिविरमा आएका मदन र लक्ष्मीको मुहारमा पनि असाध्यै खुशी छाएको थियो । शिविरमा ९५ जनाले नाम दर्ता गराए पनि ७१ जनाले सेवा लिएको स्वस्तिक अस्पतालका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले बताए ।
अस्पताल परिषरमा सञ्चालन गरिएको निशुल्क परामर्स सिविरमा इन्दिरा आई.भि.एफ.क्लििनिक नेपालका प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नेहा हुमागाई र स्वस्तिक अस्पतालका प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर अन्जना काफ्लेले चेकजाँच गरि परामर्स दिएका थिए ।
स्वस्तिक अस्पतालका प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर अन्जना काफ्लेले सिविरमा सहभागी दम्पतिहरुमा कम शुक्राणु, शुन्य शुक्राणु, बन्द प्यालोपियन, अण्डामा खराबी, गर्भासयमा रसोली, अनियमित महिनावारी, पुरुष नसबन्दी लगायतका समस्या चेकजाच गरि परामर्स दिएको बताउनु भयो ।
इन्दिरा आई.भि.एफ.क्लििनिक नेपालका प्रसुति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नेहा हुमागाईका अनुसार नेपालमा निःसन्तानता समस्या भएका ९५ प्रतिसत दम्पतिको सफल उपचार भई सन्तान प्राप्त गरेको बताउनुभयो । इन्दिरा आई.भि.एफ. क्लििनिक नेपालकोे काठमाडौमा १ शाखां र भारत भरि १ सय ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको छ ।