सुवर्ण प्रशाद जोशी 

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदी प्रभावित तटिय क्षेत्रमा स्थानीयले समयमै गत भदौँमा भत्किएको गाईडबण्ड(तटबन्ध) पुर्ननिर्माण गरिदिन माग अघि सारेका छन ।

भीमदत्त नगरपालिका ११, १२ र १३ क्षेत्रका स्थानीयले समयमै गत भदौँमा भत्किएको गाईडबण्ड(तटबन्ध) पुर्ननिर्माण गरिदिन माग अघि सारेका हुन । उनीहरुले तीनै वडा कार्यालय, भीमदत्त नगरपालिका, प्रशासन मार्फत संघीय सरकार एव प्रदेश सरकारका प्रतिनिधी मार्फत समयमै तटबन्ध निर्माण गरिदिन आग्रह गरेका छन ।

गत विगतका बर्षहरुमा महाकाली नदी भुजेला खोलाबाट सिधै गाँउ पसेर तीनै वडाका सिङगो गाँउ पसेर विपद्मा परेको स्मरण गराउँदै अहिले समयमै तटबन्ध निर्माण गरिदिन आग्रह गरेका छन । उतिबेला ज्यानको बाजी थापेर बाँचेको बताउँदै सरकारले यस बर्ष समयमै विपद् जोखिम न्यूनिकरणका कार्यक्रम संचालनमा जोडदिएका छन । चुनावका बेला तीनै तहका नेता कार्यकर्ता विपद्बाट जोगाँउछौँ,भन्दै भोट माग्ने चुनावपछि भुल्ने प्रवृतिले आफुहरुले दुख पाएको गुनासो पोखिरहेका छन ।

भीनपा ११भुजेलाकी कविता लुहारले भत्किएको तटबन्ध पुर्ननिर्माण गर्न सरकारले ढिलाई गर्दा आउँदो असारमा थप जोखिम निम्तिने बताईन । ‘गत भदौँमा गाईडबण्ड भत्किएर हामी डुवानमा परेका थियौँ, कसरी ज्यान जोगाउने भएको थियो, अहिले पनि त्यस्तै होला जस्तो छ ।’ भीनपा १२ ऐरीका पदम राज जोशीले सरकारको लार्पबाहीका कारण पाँच महिना अघि भत्किएको गाईडबण्ड पुर्ननिर्माण नभएको दुखेसो पोख्दै यस बर्षपनि आफुहरु डुवानमा पर्ने बताए । भीनपा १३ पिपरैयामा रतनलाल सुनारले पनि सरकारकै लार्पबाहीले भत्किएको गाईडबण्ड पुर्ननिर्माण नहुँदा अझैपनि जोखिमै रहेको बताए । उनले समयमै सरकारले तटबन्ध र भुजेला खोला नियन्त्रण निकास नगरेर आन्दोलनको चेतावनी दिएका छन ।

बर्षात आउन अब पाँच महिना मात्रै बाँकी रहदा भत्किएको तटबन्ध पनि पुर्ननिर्माणको सुरसार छैन । आउँदो बैशाखाभित्रै तटबन्ध पुर्ननिर्माण नभए थप विपद् जोखिम निम्तिने देखिएको छ । महाकाली पुलको उत्तर पुर्व तर्फको क्षेत्रमा निर्माण भएको पोखरीको गाईडबण्ड पुर्ननिर्माण नहुँदा पुल क्षेत्रका सरचना मात्रै नभई पहुँच मार्ग भत्काएर सिङ्गै महाकाली नदी गाँउ पस्ने जोखिम बढेको छ ।

यस अघि ०७८ साल महाकालीमा आएको वाढीले भीमदत्त नगरपालिका १२ ऐरीओदाली क्षेत्रमा पहुँच मार्ग नै भत्काएर नदी गाँउ पसेको थियो । तीन बर्ष अघि पुल पहुँचमार्ग भत्किएर गाँउ नदी गाँउपसेपछि भीनपा ११, १२ र १३ नम्बर वडा डुवानमा परेका थिए ।

स्थानीयले यस बर्षपनि समयमै गाईडबण्ड निर्माणको माग अघि सारेका छन । भीमदत्त नगरपालिका ११का वडाध्यक्ष प्रकास थापाले महाकाली नदी भुजेला खोलामा उल्टिएर आउने भएपछि भीमदत्त नगरका तीन वडा डुवानमा पर्दै आएको बताए । ‘यो भुजेला खोलाको निकास महाकाली नदीको समानान्तर रुपमा बगाँउनुपर्छ, ‘उनले भने, ‘एकातिर निकास अर्कातिर तटबन्ध निर्माण गर्नुपर्छ ।’ भीनपा १२ का वडाध्यक्ष भुपेन्द्र रावलले बर्षा अवागै भत्किएको गाईडबण्ड निर्माण नभए थप जोखिम निम्तिने बताए । ‘गत भदौँमा भत्किएको गाईडबण्ड अहिलेसम्म पुर्ननिर्माण भएको छैन, ‘उनले भने, ‘हामी फेरीपनि जोखिमा पर्ने खतरा छ, उतिबेला पनि हामीहरु डुवानको चपेटामा परेका थियौँ ।’

भीनपा १३ का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ंले बर्षातका बेला फेरी महाकालीको भेल गाँउ पस्ने भएकाले वाढीबाट बाँच्नका लागि समेत यथाशिघ्र काम बढाउनुपर्नेमा जोडदिए । कुमार सिएफईसी जोईन्ट भेन्चरका परियोजना व्यवस्थापक ईन्जिनियर किशोर पाण्डेयले तटबन्ध पुर्ननिर्माण बारे भेरिएसनको प्रतिवेदन स्वीकृत हुन नसक्दा काम हुन नसकेको बताए ।

‘०७८ सालमा गाईडबण्ड थिएन, नदीले सिधै पहुँच मार्ग भत्काईदियो, ‘उनले भने, ‘महकाली नदी पुर्वतिर भएर बग्दा तटबन्ध भत्किएको हो ।’

तटबन्ध पुर्ननिर्माणका लागि झण्डै ४ महिना लाग्ने भएकाले अहिलेसम्म भेरिएसन स्वीकृत नहुँदा हामीहरुपनि अन्यौलमा परेको उनले बताए । ‘समयमै तटबन्ध निर्माण नहुँदा आउँदो बर्षातमा थप जोखिम निम्तिनेछ, ‘उनले भने, ‘यसमा सरकार समयमै गम्भिर हुनुपर्छ ।’

थप क्षति रोक्नका लागि समयमै तटबन्ध निर्माण सहितका काम अघि बढाउनुपर्ने बताए । हालसम्म गरेको कामको पनि झण्डै २२ करोड भुक्तानी नपाएको र भेरियसन नभएको कारण पनि ९करोड भन्दा बढीको प्रमाणित क्षतिपूर्ति समेत नपाएको बताए ।

महाकाली पुल योजना कार्यालयका सहायक सुचना अधिकारी सव ईन्जिनियर दुर्गादत्त अवस्थीले समयमै भत्किएको गाईडबण्ड पुर्ननिर्माण नभए आउँदो बर्षातमा थप जोखिम निम्तिने बताए । उनले योजना कार्यालयबाट भेरिएसन स्वीकृतका लागि विभाग हुँदै मन्त्रालय पुगेको र सचिवले स्वीकृत गरेर मन्त्रीको टेबुलमा बसेको बताए । सयममै भत्किएको तटबन्ध पुर्ननिर्माण नभए भयानक अवस्था सृजना हुने उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुस