कञ्चनपुर । कञ्चनपुरका साढे २७ हजार बढि किशोरीलाई एचपिभी खोप दिईने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले २७ हजार ७ सय ६५ किशोरीलाई खोप दिने भएको हो । राष्ट्रिय खोपी अभियान अन्र्तरगत जिल्लामा पनि स्वास्थ्य कार्यालयले खोप दिने तयारी अघि बढाएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकास जोशीले अभियानको चरण चरणमा तयारी अघि बढेको बताए । उनका अनुसार २२माघदेखि शुरु हुने अभियान ६फागुनसम्मै संचालन हुनेछ । विद्यालयमा अध्ययनरत २६ हजार, ८सय २ र विद्यालय बाहिर रहेका ९ सय ६३ किशोरीलाई खोप दिईनेछ ।
जिल्लाभरी ४ सय २६ खोप केन्द्र मार्फत पाठेघरको मुखको क्यान्सर बिरुद्धमा खोप दिईने उनले बताए । बरिष्ठ जनस्वास्थ्य अधिकृत जोशीले नियमित खोपसंगै यस अघि खोप लगाईसकेका किशोरीहरुलाई नदिईने बताए । स्वास्थ्य कार्यालय कञ्चनपुरका सुचना अधिकारी खगेन्द्र कार्कीले विद्यालयमा ४ सय २६ र विद्यालय बाहिर ८२ खोप केन्द्र मार्फत खोप दिईने बताए । उनका अनुसार ४ सय २६ खोप स्वास्थ्यकर्मी र ८ सय ५२ स्वाथ्यस्वयम सेवक रहनेछन । १० बर्षदेखि १४ उमेशर समुहका किशोर र कक्षा ६देखि १०सम्म अध्ययनरत विद्यार्थी सहभागि हुनेछन । सुदूरपश्चिममा २लाख, १हजार ९३४ किशोरीलाई खोप दिईनेछ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनक कुँवरले राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्नेमा जोडदिए । मगलबार पत्रकारसंग खोपबारे छलफल समेत गरेको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले राष्ट्रिय अभियान भएकाले पत्रकारले समेत भूमिका निर्वाहमा जोडदिएका छन । स्वास्थ्य कार्यालय कञ्चनपुरले समयमै खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गरेका छन ।
प्रतिक्रिया दिनुस