ईशु नेगी
महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरुको सामाजिक कार्य शिविर सम्पन्न भएको छ् । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१६ को भादा गाउँमा कञ्चनपुरको सुदूरपश्चिम विश्वविद्यालयको मानविकीय तथा समाजशास्त्र संकाय अन्तरर्गतका सामाजिक कार्य विषयको सातौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको सामाजिक कार्य शिविर सम्पन्न भएको हो ।
शिविरमा प्राकृति प्रकोप तथा भादा गाउँका थारु समुदायको विविध पक्षहरुको बारेमा अध्ययन तथा अनुसन्धान गरिएको थियो ।
त्यसैगरी विश्वविद्यालयका उपप्रध्ययपक अमित यादवले सामाजिक कार्य विषयमा फिल्ड वर्क चाहि मुख्य रहेको बताए । उनले अहिलेको समुदाय शिविरमा विद्यार्थीहरुलाई कक्षा कोठामा अध्ययन गरेको कुरालाई अभ्यास गर्नको लागि र व्यवहारमा लागु गर्नको लागि समुदायमा गएर त्यहाँको समस्याहरु पहिचान गरेर त्यस समस्याहरुको समाधान कसरी गर्न सकिन्छ भनेर विद्यार्थीहरुले ज्ञान पाउँन सहज भएको बताएका छन् ।
उपप्रध्ययपक पृत बहादुर बिष्टले भादा गाउँमा थारु समुदाय मात्र बसोवास गर्ने भएकाले थारु समुदायको संस्कृतिको बारेमा अध्ययन गराउने उद्देश्यले विद्यार्थीहरुलाई भादा गाउँ नै लगिएको बताए । उनले सामाजिक कार्य विषयमा विद्यार्थीहरुलाई समुदायमा गएर समुदायका व्यक्तिहको जीवनमा आएका प्राकृतिक बिपत्तिहरुलाई कसरी समाधान गर्ने भनेर सडक नाटक गरेर जनचेतनामूलक सन्देश दिन समेत आवश्यक भएको बताएका छन् ।
त्यसैगरी विश्वविद्यालयका शिक्षण साहयक हरिप्रसाद बडुले विद्यार्थीलाई प्रयोगात्मक कुराको अनुभुति दिनको लागि निश्चित सामुदायिक क्षेत्रमा लग्नु विश्वविद्यालय अथवा कलेजको दायित्व रहेको बताए । उनले सम्रग विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा प्रतक्ष रुपमा सामुदायिक ज्ञान प्रदान गर्न समुदाय लगिएको बताएका छन् । सामाजिक कार्यका विद्यार्थीहरुले गाउँमा गएर गाउँको परिचालन सम्रग गाउँको वस्तुस्थितिलाई नियाल्न र प्रतक्ष रुपमा अनुभुति गराउन विद्यार्थीहरुलाई भादा गाउँमा सामुदायिक शिविर लगेको बताएका छन् ।
सामाजिक कार्य विषय लिएर सातौं सेमेस्टरमा अध्ययनत विद्यार्थी संगिता धामीले कक्षा कोठामा पढेको कुरा र शिविरमा आएर पढेको कुरालाई व्यवहारमा लागु गर्नमा निकै फरक भएको बताइन् । ‘अहिलेसम्म समुदायमा गएर त्यहाँका व्यक्तिहरूको समस्याहरू पहिचान गर्न सकेको थिएन, उनले भनिन्, ‘शिविरमा गइसकेपछि आफ्नो पढेको कुराहरूलाई उनी माझ प्रस्तुत गर्न पाउँदा निकै खुशी लागेको छ् । समुदायका व्यक्तिहरुसंग घुलमिल भएर उनीहरुको संस्कृतिहरुको बारेमा समेत थुप्रै ज्ञान प्राप्त भएको उनले बताएकी छन् ।’
त्यसैगरी धनगढी उपमहानगरपालिका–१६ का वडाध्यक्ष रामलाल चौधरीले धनगढीको भादा गाउँमा ८० प्रतिशत थारू समुदाय मात्र रहेको बताए । ‘उक्त क्षेत्रका अधिकांश थारुहरू कृषि पेसामा मात्र आवद्ध रहेका छन्, उनले भने, ‘यहाँका सबै व्यक्तिहरूले च्याउ खेती अत्याधिक मात्रा गर्ने गर्दछन् भने सबैभन्दा बढी प्राथमिकता चाहिँ धान र गहुँ खेतीलाई दिइने गरिएको छ् । सबै मानिसहरू आआफ्नो काममा दिनभरी व्यस्त रहने गर्छन् ।’ वडाध्यक्ष चौधरीले भादा गाउँमा विगत बाह्र वर्षदेखि होमस्टे सञ्चालनमा आएको बताएका छन् । सबैभन्दा बढी अध्ययन गरिरहेका विद्यार्थीहरु नै आइरहेका हुन्छन् भने, वार्षिक ६० हजार पर्यटकहरु होमस्टेमा आएको उनले बताएका छन् ।