शुनिल राना

कञ्चनपुर । क्याप्टेन वेद उप्रेतीले फेरी नयाँ पुस्तक बजारमा ल्याएका छन । क्याप्टेन उप्रेतीले ‘पायलट प्रेम’ नामक नयाँ उपन्यास बजारमा ल्याएका हुन । बिहीबार महेन्द्रनगर म्यूजियममा एक कार्यक्रमका विच पुुस्तक बिनोचन गरेका छन ।

पाईलटको जिवनमा आधारित उक्त पायलट प्रेम नामक उपन्यास गरेका छन । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले पुस्तक बिमोचन गर्दै क्याप्टेन उप्रेतीमा भएको बिलक्षण प्रतिभाको उपज नयाँ पुस्तक बजारमा ल्याएको बताए ।

बरिष्ठ समाजसेवी शिक्षाविद सुप विश्वविद्यालय सिनेट सदस्य डा. कृष्णदत्त जोशी(बोक्सर)ले पाईलटको भुमिका मात्रै नभई देशविदेशमा मातृभूमिको नाम राखेको बताए । क्याप्ेटन वेद उप्रेतीले कोरोना महामारीका बेला ईण्डोनेसियामा रचेर पाईलटको जिवनमा आधारित पुस्तक निकालेको बताए ।

यस अघि क्याप्टेन बेद उप्रेतीले भु–स्वर्गको परिकल्पना ‘सुदूरपश्चिम नेपाल’ पुस्तक बजारमा ल्याएका थिए । महेन्द्रनगर म्युजिमका संचालक समेत रहेका क्याप्टेन उप्रेतीको उक्त पुस्तक बिमोचन कार्यक्रममा विभिन्न समाजिक क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस