कल्पना साउद

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले दोस्रो अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको छ । भोलीदेखि सभ्यता, नविनतम विकास र स्थानान्तरण विषयमा अन्र्तराष्ट्रिय स्तरकै सम्मेलन गर्न लागेको हो । सुप विश्वविद्यालयले आफ्नै केन्द्रीय कार्यालय महेन्द्रनगरमा दोस्रो पटक अन्र्तराष्ट्रिय सम्मेलन गर्न लागेको जनाएको छ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको सुप विश्वविद्यालयले जनाएको छ ।

यस अघि सन ०२२मा पहिलो अन्र्तराष्ट्रिय सम्मेलन गरेको विश्वविद्यालयले अहिले ०२५मा आएर दोस्रो गर्न लागेको छ । शिक्षा, सम्यता, कला र संस्कृति लगायतका समसायिक विषयमा विश्वव्यापी रुपमा चलिरहेको अवस्था बारे एक आपसमा सिकाई अनुभव आदान प्रदानका लागि सम्मेलन गर्न लागेको जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालय ईन्जिनियर संकायका डीन प्राडा किसन दत्त भट्टले पहिलो अन्र्तराष्ट्रिय सम्मेलन सफलतापुर्वक सम्पन्न गरेपछि दोस्रो पनि केन्द्र्रीय क्याम्पसमै गर्न लागेको बताए ।

उनका अनुसार शुक्रबारदेखि हुने सम्मेलनमा १४ देशका विभिन्न प्राज्ञिक अनुुसन्धान क्षेत्रमा कार्यरत रहेका प्राद्यापक, विज्ञहरुबाट आ–आफ्ना ज्ञान अनुभव आदान प्रदान हुने बताए । ‘विश्वभरीको नेटवर्क विस्तार गर्न खोजिएको छ, ‘उनले भने, ‘सम्मेलनमा उठान हुने विषयले एक आपसमा ज्ञान आदान प्रदानले हामीलाई पनि नयाँ सिकाई हुनेछ ।’ कार्यक्रम संयोजक समेत रहेका भट्टले विभिन्न १४ मुलुकका विज्ञहरुबाट ८ विषयमा शोधपत्र प्रंस्तुत हुनेछन ।

समाज, विज्ञान प्रविधी, कृषि, स्वास्थ्य, योजना नीति, शिक्षा, वातावरण, व्यवस्थापन सीप विकास सहितका विवित विषयमा प्रस्तुतीकरण हुनेछ । कार्यक्तमका सह संयोजक समेत रहेका शिक्षा संकायका उप प्राद्यापक डा. यज्ञराज पाण्डेयले विभिन्न ८ समुह बनाएर तीन हलमा संगसंगै विज्ञहरुबाट कार्यपत्र प्रंस्तुत हुने बताए । उनले विश्वभरीका विज्ञबाट हुने कार्यपत्र प्रंस्तुतीकरणमा सुपका विद्यार्थी, प्राध्याकहरुलाई समेत भावि दिनमा नयाँ विषयमा आईडिया आउने बताए ।

शिक्षा संकायका डीन प्राडा भवानी चलाउनेले पहिलो अन्र्तराष्ट्रिय सम्मेलनबाट आर्जन गरेका ज्ञान व्यवहारिक रुपमा कार्यान्वयन भएको बताए । ‘हामीले उतिबेला गरेको सम्मेलन अहिले केही हामीले अभ्यासमा ल्याएका छौँ, ‘उनले भने, ‘सुप प्रदेश सरकारले हाम्रो योजना लागु गरेर विद्यार्थीलाई छात्रबृति दिएको छ ।’ सम्मेलन ज्ञान आर्जन गरेर भावि दिनमा व्यवहारिक जिवनमा प्रयोग गर्ने थलोकै रुपमा लिईनेछ ।

व्यवस्थापन संकायका डीन डा. पदमराज जोशीले कार्यक्रम गर्नका लागि भारतको चर्चित ईण्डियन ईन्स्च्यिुट अफ टेक्नोलोनी(आईआईटिआर)ले सहयोग गरेको बताए । ‘हाम्रो यो कार्यक्रममा आईआईटिआरले सहयोग गरेको छ, यो हाम्रो लागि सुखद विषय पनि हो, ‘उनले भने, ‘यस सम्मेलनबाट सुपविले अधिकतम ज्ञान आर्जन गरेर लाभ लिनुपर्छ ।’

सुप विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका उपप्राध्यापक डा. दिपकप्रकास भट्टले अन्र्तराष्ट्रिय स्तरको सम्मेलनबाट सुपविश्वविद्यालय थप विश्वका अनुभव आदानप्रदान थलोलाई अवसरकै रुपमा अघि बढाउनुपर्ने बताए । सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले गर्ने कार्यक्रममा सरोकारवाला सहभागि हुने जनाईएको छ । २७ माघसम्मै सम्मेलन संचालन हुने सम्मेलन उपलब्धीमुलक हुने दावि गरिएको छ ।

प्रतिक्रिया दिनुस