सन्जु महर 

कञ्चनपुर । दुस्मन हेरेको हे¥यै भन्ने बोलको गित लिएर स्टेज चढेका युवा आधुनिक गायक तथा मोडल दुर्गेश थापाले स्टेज तताएका छन । शुक्रबार महेन्द्रनगरमा सुदूरपश्चिम कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सवको अन्तिम दोस्रो दिन दुर्गेशको प्रंस्तुत रहेको थियो ।

१५ माघदेखि महेन्द्रनगर खुला मञ्चमा नेपाल उद्योग व्यापार महासंघको आयोजनामा शुरु भएको महोत्सवमा थापाले अहिले चर्चित रहेको दुस्मन हेरेको हे¥यै भन्ने बोलको गित सहितका आधा दर्जन गितमा दर्शक मात्रै नचाएनन्, स्टेज समेत तताए । स्टेज र मैदानसम्मै बालबालिदेखि किशोरयुवा, युवती नाचेका थिए । जबकी प्रहरी र आयोजकलाई दर्शक सम्हाल्न हम्मेहम्मे भएको थियो ।

स्टेजमा झण्डै ४०मिनेट जति प्रस्तुत गरेका दुर्गेशका सयौँ फ्यानहरुले स्टेजमै चढ्न खोजेपछि केहीले मात्रै थापासंगै डान्स गरेका थिए ।

युवा उद्यमी नरेन्द्र शाहले धनगढी एसपोर्टदेखि सिधै स्टेजमा पु¥याएका थिए । स्टेज चढे लगत्तै निरन्तर आफ्ना गितको प्रस्तुती दिएका थापाले महिला तथा पुरुष सबैलाई मञ्चमै नचाए पनि । हालै नायिका पिरङका कार्कीसंगै दुस्मन हेरेको हे¥यै गितमा अभियन गरेर थप चर्चा बटुलेका दुर्गेशले पछिल्ला दिहरुमा स्टेज कार्यक्रममा सो गित निकै चलिरहेको छ ।

दुर्गेश आउने भएपछि हजारौँ दर्शक स्टेजमा कुरेर बसेका थिए । दुर्गेश स्टेजमा चढेदेखि ओर्लिदासम्म दर्शकको निकै बाक्लो उपस्थिति थियो । आयोजकले मायाको चिनो दिएपछि स्टेजदेखि गेटसम्मै पु¥याउँदा सुरक्षाकर्मीलाई सम्हाल्न हम्मेहम्मे भएको थियो । फ्यान फलोर्सले दुर्गेश चढेको गाडी घेरेपछि झन हम्मेहम्मे भएको थियो । यसरी युवा कलाकार थापाप्रति देखिएको रुझानले पछिल्ला दिनहरुमा नेपाली कलाकारहरुको समेत सम्मान भईरहेको पाईन्छ ।

नेपाल उद्योग व्यापार महासंघ कञ्चनपुर एव मेला मुल आयोजक समितिका संयोजक लाल परियारले शुक्रबार मात्रै हजारौँ दर्शकले अवलोकन गरेको बताए । मेला अवलोकनका लागि लाईन लागेर गेट प्रवेस गरेका दर्शकले मञ्चभरी खचाखच भिड थियो । नेपाल उद्योग व्यापार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज पनेरुले सिथिल बनेको अर्थतन्त्र र बजार चलायमान गराउनका लागि महोत्सव आयोजना गरिएको बताए । शनिबार समापन कार्यक्रममा चर्चित मोडल तथा गायकी ज्योती मगरको प्रंस्तुत रहनेछन । सिङ्गो खुला मञ्च दर्शकले भरिभराउ भएपछि स्थानीय व्यापारी समेत उत्साहित भएकाछन ।

 

 

 

प्रतिक्रिया दिनुस