शंकरदत्त अवस्थी
नेपाल निजामती कर्मचारी यूनियन कञ्चनपुरको अधिवेशन शुरु भएको छ । शनिबारदेखि महेन्द्रनगरमा नेपाली काँग्रेस निकट निजामती कर्मचारी यूनियन कञ्चनपुरको ९औँ अधिवेशन शुरु भएको हो । अधिवेशनको काँग्रेस नेता समेत रहेका सुदूरपश्चिम प्रदेशका आर्थिक मालिलामन्त्री बहादुर सिह थापाको प्रमुख आथित्यमा भएको छ ।
कार्यक्रममा पालिका जनप्रतिनिधी सहितका निजामती कर्मचारी यूनियनका पदाधिकारीहरुले शुभकामना मन्तव्य दिईरहेका छन । अधिवेशनमा जिल्लाभरीका काँग्रेस निकट कर्मचारी सहभागि भएका थिए । नेपाल निजामती कर्मचारी यूनियन कञ्चनपुरका कावा अध्यक्ष मशेराज जोशीको अध्यक्षतामा शुरु भएको अधिवेशनबाट नयाँ कार्य समिति चयन गरिने जनाईएको छ ।
प्रतिक्रिया दिनुस