कल्पना चौधरी

सहिद तथा वेपत्ता परिवार समाज कञ्चनपुरको अध्यक्षमा बीर बहादुर राजबंशी चयन भएका छन । शनिबार कृष्णपुर नगरमा भएको नेकपा माओवादी केन्द्र निकट सहिद तथा वेपत्ता परिवार समाज कञ्चनपुरको प्रथम जिल्ला भेलाबाट अध्यक्षमा राजबंशी चयन भएका हुन । उपाध्यक्ष हिरा भण्डारी, सचिव नरेन्द्र चौधरी, सह सचिव कल्पना चौधरी, कोषाध्यक्ष खडक सिह साउद, सदस्यमा सोमलाल चौधरी, बीर बहादुर चौधरी, पवन विक, पवित्रा चौधरी, जानकी जोशी रहेका छन । संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, अर्का संविधान सभा सदस्य देविलाल चौधरी, नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेय , पुर्व सासद महेश दत्त जोशी सहितको उपस्थिति भएको थियो । सहिद तथा वेपत्ता परिवार समाज कञ्चनपुरको अध्यक्षमा बीर बहादुर राजबंशीले जनयुद्धका सहिद, वेपत्ता परिवार, घाईतेको समाजिक हकअधिकारका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस