बेलडाँडी । बेलडाँडीका उपाध्यक्ष शान्ति नाथले बाटोमा बनाएको  ३ तले घर बचाउन अन्यलाई उस्काउँदै आएका छन् ।  बेलडाँडी गाउँपालिकाले चवन्नी बजारदेखि कालिकिच ताल जोड्ने सडक खण्ड निर्माणका लागि काम अघि बढाएपछि गाउँपालिका उपाध्यक्ष शान्ति नाथले सडक निर्माणमा अवरोध पु¥याउँदै आएको आरोप लागेको छ। स्थानीयहरूका अनुसार नाथले जनताको घरटहरा जोगाउन नभई आफ्नो ३ तले घर जोगाउन प्रयास गरिरहेकी छन्।

सडकको १५७ नं. कित्तामा रहेको आफ्नो घर बचाउनकै लागि उनले अन्य स्थानीयलाई पनि उस्काइरहेको स्पष्ट भएको छ। बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र राना र वडा नं. २ का अध्यक्ष नारसिंह उर्यालयको व्यवसायिक सटर नक्साअनुसार सडकमा परेपछि उनीहरू आफैंले आफ्नो संरचना भत्काउन अघि सरेका थिए। तर, उपाध्यक्ष नाथ भने निजी संरचना नहटाउन डोजर रोक्न तम्सिएको आरोप स्थानीयहरूले लगाएका छन्।

गाउँपालिकाले दुई पटकसम्म कार्यपालिका बैठकबाट निर्णय गरी सडक विस्तार कार्य अघि बढाएको थियो। पहिलो बैठकमा उपाध्यक्ष नाथ महाकुम्भ मेलामा गएकाले अनुपस्थित थिइन् भने दोस्रो बैठकमा उनले निर्णयमा असहमति जनाएकी थिइन्।

नक्सा छल्ने प्रयास र बैंक धितोको विवाद

नाथको ३ तले घर सडकको १५७ नं. कित्तामा रहेको भए पनि उनले उक्त घर ३५७ नं. कित्तामा रहेको भन्दै बैंक, स्थानीय सरकार तथा परामर्शदाता (कन्सल्टेन्सी) संस्थालाई झुक्याएको आरोप छ। सोही आरोपमा उनको नाममा अख्तियारमा उजुरी समेत परेको थियो, जुन हाल विचाराधीन अवस्थामा रहेको छ।

जनतामा असन्तोष

नाथले सार्वजनिक रूपमा सडक विस्तारको विरोध नगरेको देखिए पनि उनको व्यवहारले निजी स्वार्थ प्राथमिकता दिएको स्पष्ट देखिएको स्थानीयहरूको आरोप छ । सडक नक्साअनुसार संरचना हटाउनुपर्ने अवस्थामा चवन्नी बजारमा धेरैका घरहरू परे पनि उनले आफ्ना निकट व्यक्तिहरूको घर जोगाउन खोजेको आरोप लगाइएको छ। स्थानीयले कानुनी रूपमा सबैका लागि समान व्यवहार हुनुपर्ने माग गर्दै उनको चर्को विरोध गरेका छन्।

गाउँपालिकाको निर्णय र प्रमुख रानाको उदाहरणीय कदम

गाउँपालिका प्रमुख रानाले केही वर्षअघि आफ्नो ७ कट्ठा जमिन साटेर चवन्नी बजारमा व्यवसायिक सटर बनाएका थिए। अहिले नक्साअनुसार उक्त संरचना सडकमा परेपछि उनले आफूले नै आफ्नो संरचना हटाउँदै सडक विस्तारलाई सहज बनाएका छन्।

उनका अनुसार दीर्घकालीन रूपमा व्यवस्थित सडकले व्यापार, यातायात र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पु¥याउने छ। कानूनी रूपमा कुनै व्यक्तिले नक्साको बाटो निजीकरण गर्न नसक्ने भएकाले सबैले नक्साअनुसार सहमतिमा आउनुपर्ने उनको भनाइ छ।

उस्काउँने उपाध्यक्ष शान्ति नाथको तर्क

तर, उपाध्यक्ष नाथ भने योजनाविहीन रूपमा डोजर चलाएर सर्वसाधारणको घर भत्काइँदै गरेको भन्दै विरोध जनाइरहेकी छन्। “१२ मिटरको सडक खोल्नमा कसैको विरोध छैन, तर आवश्यकता नभएका स्थानमा जनताको घर–पसल भत्काउनु गलत हो,” उनले भनिन्।

तर, स्थानीयहरूले भने नाथको असली उद्देश्य आफ्नो घर बचाउनमात्र रहेको आरोप लगाएका छन्। “पहिला तपाईं निष्पक्ष हुनुहोस्, आफ्नो घर भत्काएर आउनुहोस्,” भन्दै उनले नाथको निष्पक्षता माथि प्रश्न उठाएका छन्।

वास्तविक पीडितलाई स्थानीय सरकारको हेर्ने

सडक विस्तारका क्रममा वास्तविक पीडितहरूलाई स्थानीय सरकारले सहयोग गर्ने गाउँपालिका प्रमुख रानाले बताएका छन्। उनका अनुसार जसको घर पूर्ण रूपमा हटाउनुपर्ने अवस्था आउँछ, उनीहरूको कहि कतै घर जमिन नभए, पुनर्वासको जिम्मा पालिकाले लिनेछ।

स्थानीय उत्साहित, तर विवाद कायमै

सडक विस्तारपछि बजारदेखि पर्यटकीय गन्तव्य कालिकिच ताल र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वारसम्मको यातायात सहज हुने स्थानीयहरू बताउँछन्। विकासका लागि पूर्वाधार अपरिहार्य भएकाले सबैले सहयोग गर्नुपर्नेमा स्थानीयहरूको जोड छ।

प्रतिक्रिया दिनुस