कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ नम्बर वडाको टिमलाई नरेन्द्र रावत स्मृति भलिबल प्रतियोगिताको उपाधी पाईएको छ । रिङगौना खेलकुद सम्बद्र्धन तथा सरक्षण समितिले आयोजना गरेको स्व. नरेन्द्र रावत स्मृति भीमदत्त नगर वडा स्तरिय भलिबल प्रतियोगिताको उपाधी भीनपा ११को टिमलाई पाईएको हो ।

शुक्रबार भएको फाईनल प्रतियोगितामा भीनपा ११ले भीनपा १०(ए)लाई ३–२को सेटले हराउँदै उपाधी चुमेको हो । उपाधीको दौडमा रहेको भीनपा १०(ए) उपबिजेतामा चित्त बुझाउनुप¥यो । तेस्रोमा भीनपा ९(ए) भएको छ ।

अल राउण्डर विवेक जोशी, वेष्ट लिप्टर विशाल तिरुवा, वेष्ट सर्भिस देवराज जोशी, बेष्ट ब्लकर शुनिल दमाई, वेष्ट डिफेन्सर लक्की तिरुवा, वेष्ट स्पाईकर भीम नाथ घोषित भएका छन । प्रथम पुरस्कार नगद ५१ हजार, द्वितिय पुरस्कार २६ हजार र तृतिय पुरस्कार १५ हजार सहित ट्रफि मेडल पाईएको छ ।

कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हरक सिह धामीले ग्रामिण सीमावर्ती भेगमा वडा स्तरकै प्रतियोगिताले भलिबलका खेलाडीलाई ठुलो अवसर मिलेको बताए । कार्यक्रममा मुख्य प्रयोजक सिद्धनाथ मन्दिर सरक्षण समितिका अध्यक्ष केशव सिह नायक, राष्ट्रिय रेफ्रि धौलत सिह पुजारा, सहायक रेफ्रि हिमालय विष्ट, निरज विक सहितका प्रतियोगितामा सहयोगी व्यक्ति संघ संस्थारुहरुलाई सम्मान गरिएको छ ।

रिङगौना खेलकुद सम्बद्र्धन तथा सरक्षण समितिका अध्यक्ष मानसिह रावतले ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । भलिबल संघ कञ्चनपुरका सचिव उत्तम विष्टले संचालन गरेको कार्यक्रममा सरोकारवाला सहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस