शुनिल राना

गत सोमबारदेखि कञ्चनपुर महेन्द्रनगर खुला मञ्चमा शुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सुदूरपश्चिमको एक निजी अस्पतालले निःशुल्क हेल्थडेस्क राखेको छ ।

कैलालीको धनगढी उपहानगरपालिका ३ सहिद गेटमा रहेको स्वस्तिक अस्पतालले औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा सुदूरपश्चिमको एक निजी अस्पतालले निःशुल्क हेल्थडेस्क राखेको हो ।

स्वस्तिक अस्पतालका कर्मचारी एव महोत्सव हेल्थडेस्कका इन्चार्ज अम्बादत्त तिवारीले महोत्सव शुरुवात भएदेखि एक स्टल राखेर निःशुल्क चेकजाँच उपचार गरिरहेको बताए । उनले दैनिक डेढ २सयको निःशुल्क चेकजाँच भईरहेको बताए । उनका अनुसार प्राथमिक उपचार सहित सगर, प्रेसर चेकजाँच गरिदैछ । तिवारीले महोत्सवमा आउने दर्शकदेखि आयोजक, सुरक्षाकर्मी, गार्ड सहितको स्वास्थ्यमा आउने समान्य समस्यादेखि जटिल बारे परामर्स समेत दिदै आएको बताए । महोत्सव अवधिसम्मै हेल्थडेस्क संचालन गरिने उनले बताए ।

स्वस्तिक अस्पतालका संचालक दिपेन्द्र प्रशाद तिवारीले समाजिक उत्तरदायीत्व अन्र्तरगत महोत्सवमा हुने भिडभाँड नागरिकको स्वास्थ्यलाई ख्याल गरेर निःशुल्क हेल्थडेस्क राखिएको बताए । उनले अस्पतालका तर्फबाट समाजिक दायित्व बहनका लागि हेल्थडेस्क राखेर चेकजाँचदेखि परामर्स दिर्दै आएको छ । यसरी निजी क्षेत्रबाट संचालित अस्पतालले निःशुल्क चेकजाँच एव प्राथमिक उपचार गरिदिएपछि दर्शकलाई सुविधा भएको

छ ।

प्रतिक्रिया दिनुस