कञ्चनपुर । कञ्चनपुर बेलडाँडी लगायत जिल्लाभर अतिक्रमित सरकारी जग्गा खाली गर्नु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना दिएका छन् । आईतबार सयुक्त विद्यार्थी मोर्चा सहित राष्ट्रिय स्वतन्त्र पार्टी सहितको उपस्थितिमा धर्ना दिएका हुन ।
जिल्ला भरीमा रहेका सबैजसो अतिक्रमित सरकारी सम्पति माथि बनाईएका संरचना खाली गर्नु पर्ने भन्दै सयुक्त विद्यार्थी मोर्चा सहित राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ज्ञानेन्द्र सिंह महताले बताउनु भयो ।
उनले भने “सर्वदलिय सर्वपक्षिय बैठकले गरेको निर्णय कार्यान्वय गर्नु पर्ने दायित्व प्रमुख जिल्ला अधिकारीको हो, त्यसमा सिडियो आफैले पनि हस्ताक्षर गरी खाली गराउने निर्णय गर्नु भएको कार्यान्वयन नआएपछि यसरी दबाफ दिन धर्ना कार्यक्रम गरिएको बताए ।”
उहाले अगाडि भने “सरकारी सम्पतिको संरक्षण, सम्बद्र्वन गर्नुर्ने दायित्व भएपनि त्यसबाट प्रमुख जिल्ला अधिकारी पछि हटनु भयो, अझै पनि उहाँँले सरकारी सम्पति संरक्षण गर्नु पर्ने अभियानको शुरूवात गर्नु पर्नेमा जोड दिए ।”
यस्तै नेकपा बहुमत युवाका सुप ईन्चार्ज दिपेन्द्र सिंह ऐेरीका अनुसार “पछिल्लो समयमा प्रमुख जिल्ला अधिकारीले सार्वजनिक जग्गा माथि बनेका संंरचना खाली गराउने अभियान एका एक रोकिएकाले सोको कार्यान्वयन गराउनु पर्ने भन्दै दबाफमुलक धर्ना गरिएको बताए ।”
उहाँका अनुसार बेलडाँडी स्थानीय सरकारले समेत जनताको पक्षमा काम गर्न खोज्दा सुरक्षा व्यवस्था नमिलाई दिनु । नक्साको सडकमा भएका संरचना बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले हटाउन खोज्दा राजनितिक दबाव भुमाफियाको दवावले सडक खोल्ने कार्यमा सहयोग नर्गन लागेको आरोप लगाए । प्रजिअले सार्वजनिक सडक नखोल्नु पक्षमा उभिनु भनेको दालमे कुच काला हैँ भन्ने जनताले बुझनथालेको बताए ।
बेलडाँडी सडक प्रकरणमा भुमाफियाको पक्षमा प्रदेश, संघीय सांसद समेत लागेको आरोप लगाउदै तीनीहरुले तुरुन्त सच्चिनु पर्ने धारण व्यक्त गरे । एकै सडकमा पर्ने गरीबको उठ्ठाबास हुने धनीहुने खानेले त्यही मजाले व्यवसाय गर्ने त्यो न्यायोचित कसरी भयो भन्दै दुःख व्यक्त गर्नु भयो ।
निर्णय गर्ने तर कार्यान्वयन नगर्ने परिपाटीले समस्या सिर्जना भएको र सरकारी स्वामित्वको सम्पति माथि बनेका सबै संरचना खाली गरी सरकारले लिनु पर्नु नेकपा समाजवादी निकट विद्यार्थी प्रज्वल कुवँँरले बताए । उनले भने “सरकारले सरकारी सम्पति खाली गर्ने अभियान शुरू नहुदा सम्म हाम्रो धर्नाको कार्यक्रम जारी रहने छ ।”
यस विषयमा प्रमुख जिल्ला अधिकारीको नम्बरमा कल गर्दा उहाँ बिजी भएको फोन सहयोगिले बताए ।
धर्ना कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टिका जिल्ला अध्यक्ष पदम विष्ट, नेता ज्ञानेन्द्र महता, नेविसंघका जिल्ला अध्यक्ष नरेश पण्डित, सचिव पंकज भट्ट, युवा विद्यार्थी नेता दिपेन्द्र सिंह ऐरी, समाजवादी निकट विद्यार्थी नेता प्रज्वल कुवँर लगायत अन्य विद्यार्थीहरूको उपस्थिति रहेको थियो । तुरुन्त निर्णय कार्यान्वय नगरे आन्दोन चर्काउने समेत धर्नामा सहभागिहरुले जनाएका थिए ।