कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी लगायत कञ्चनपुरकै अतिक्रमित सरकारी जमिन खाली गराउनुपर्ने माग अघि सारेर जिल्लाका सकृय युवा विद्यार्थीले प्रशासनमा धर्ना दिएका छन । आइतबार संयुक्त युवा विद्यार्थीले अतिक्रमित सरकारी जमिन खाली गराउनुपर्ने माग अघि सारेर जिल्लाका सकृय युवा विद्यार्थीले प्रशासनमा धर्ना दिएका हुन ।

सत्ताधारी नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ सहित विपक्षी दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा बहुमत, रास्वपा सहितका दलका युवा विद्यार्थीले धर्ना दिएका छन । नेकपा एकीकृत समाजवादी अनेरास्ववियु कञ्चनपुरका इन्चार्ज रमेश पन्तले सरकारी जमिनमा अवैध तरिकाले निर्माण भएका सरचना हटाउनका लागि पालिका सहितका प्रशासन कार्यालयले अटेरी गरेपछि साँकेतिक रुपमा धर्ना दिएको बताए ।

‘गत बर्ष ६ चैत्र ०८० मा प्रशासन कार्यालय नेतृत्वमा जिल्लाभरीका पालिका सरकारले आ–आफ्नो पालिकामा अवैध रहेको अतिक्रमित सरकारी जमिन खाली गर्ने निर्णय गरेका थिए, ‘उनले भने, ‘उक्त निर्णयबाट आफै पछि हटेका छन, फरक दलका व्यक्तिका घर मात्रै भत्काए आफ्ना बचाएका छन ।’

नेकपा बहुमत कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले प्रशासन, पालिका सरकारले आफैले गरेका निर्णयबाट पछि परेको बताउँदै उनले साँकेतिक एक दिने धर्ना दिएको बताए । ‘सरकारले गरेका निर्णय आफैबाट उलङघन भईरहेको हामीले भान पाएका छौँ, ‘उनले भने, ‘सत्ताधारी दलको दवावमा प्रशासनले समेत अतिक्रमण हटाउन पछि परेको छ, बेलडाँडी सहितले अतिक्रमण हटाउन खोजेपछि गृह प्रशासनको सहयोग छैन, ‘नहटाउने पालिकालाई पनि निर्णय कार्यान्वयनका लागि पहल गरेको छैन ।’

युवा विद्यार्थीले अतिक्रमण हटाउने विषयमा समेत विभेद भईरहेको भन्दै जिल्लाभरीको अतिक्रमण सरकारी जमिन हटाउन पहल नभए थप आन्दोलनको चेतावनी दिएका छन । युवा विद्यार्थीले यस अघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा गृहमन्त्री रमेश लेखक बिरुद्धमा ब्यानर समेत टाँसेर नगर विकास समिति सहित जिल्लाभरीको अतिक्रमण हटाउन दवाव दिएका थिए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले यस अघि सरकारी जमिन खाली गर्ने निर्णय पालिकाहरुले कार्यान्वयन गर्नुपर्ने बताए । ‘हामीले पालिकाहरुलाई अतिक्रमण हटाउन अधिकार दिएकै छौँ, ‘प्रजिअ अधिकारीले भने, ‘यस विषयमा पालिकाहरुले पनि अग्रसरता देखाउनुपर्छ, प्रशासन मार्फत सुरक्षा दिने विषयमा पुर्ण साथ सर्मथन छ ।’

प्रतिक्रिया दिनुस