काठमाडौं । संघीय संसद्का दुई समितिको बैठक मंगलबार बस्ने भएको छ। प्रतिनिधिसभाका एक र राष्ट्रिय सभाका एक समितिको बैठक बस्न लागेको हो। अर्थ समितिको बैठक बिहान ११ बजे  अर्थ समितिको बैठक बस्नेछ। बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ।

यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालयका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ। बैठक दिउँसो १ बजे बस्नेछ।

प्रतिक्रिया दिनुस