कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगर कर्बडहलमा संचालन भएको एलबिए क्रिकेट प्रतियोगिता ०८१को उपाधी आयोजक टिमले नै जितेको छ । भीमदत्त नगरपालिका ३महेन्द्रनगरमा रहेको लिटिलबुद्ध एकेडेमीले आयोजना गरेको क्रिकेट प्रतियोगिता सातौँ संस्करको उपाधी आयोजक टिमले नै जितेको हो ।

मंगलबार सम्पन्न भएको फाईनल प्रतियोगितामा आयोजक एलबिएको टिमले होलीफेम्ली ईङलिस बोडिङ्ग स्कुल जिमुवाको टिमलाई १सय २१ रनले हराउँदै उपाधी आफ्नै पोल्टामा पार्न सफल भएको हो । आयोजकले २० ओभरमा ३ बिकेटको क्षतिसंगै २सय २२रन बनायो ।

होलीफेम्ली ईङलिस बोडिङ्ग स्कुल जिमुवाले २०ओभरमा ९विकेटको क्षतिसंगै १सय १रन बनायो । विजेताको दौडमा रहेको होलीफेम्लीले उपविजेतामा चित्त बुझाउनु¥यो । विजेता आयोजकले नगद १ लाख १५ हजार र उपविजेता होलीफेम्लीको टिमले नगद ६० हजार सहित ट्रफि, मेडल प्रदान गरिएको छ । विभिन्ट टिमको उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिएको थियो ।

३०माघदेखि लिगचरण अन्र्तरगत १६टिमविच प्रतिस्पर्धा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल क्रिकेट संघ(क्यान) केन्द्रीय अध्यक्ष चतुर बहादुर चन्दले यसरी विद्यालयले आयोजना गरेको प्रतियोगिताले कञ्चनपुर थप क्रिकेटको हबदेखि बृद्धि विकास हुने बताए ।

लिटिलबुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालयले विगतदेखि गर्दै आएको क्रिकेट प्रतियोगिताको निरन्तरता स्वरुप अहिले सातौँ संस्करण अनुरुप गरिएको बताए । लिटिल बुद्ध एकेडेमीका अध्यक्ष नरेन्द्र सिह खत्रीले विद्यार्थीको प्रतिभा खेलकुद माध्यामबाट समेत प्रस्फुट गराउनका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले विद्यालयले आयोजना गर्ने क्रिकेट प्रतियोगिताले क्रिकेटको बृद्धि विकासमा टेवा पुग्ने बताए । विद्यालयले शैक्षिकका साथै अतिरिक्त कृयाकलाप समेत गर्दैै आएको छ । कञ्चनपुर क्रिकेटका खेलाडीका लागि उर्बराभूमि बनिरहेका बेला विद्यालयले समेत गर्ने प्रतियोगिताबाट थप नयाँ खेलाडी उत्पादनदेखि उत्साहित हुने वातावरण सृजना गरेको जनाएको छ ।आगामी बर्षहरुमा समेत थप स्तरिय प्रतियोगिता बनाउने आयोजकले प्रतिज्ञा गरेको छ ।

प्रतिक्रिया दिनुस