कञ्चनपुर । कञ्चनपुरका एक नेकपा माओवादीका युवा नेता एव समाजसेवीले फरकशैलीमा जन्मदिन मनाएका छन । माओवादी केन्द्रका युवा नेता एव सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बिरेन्द्रराज विष्टले समाजिक काम गर्दै जन्मदिन मनाएका हुन ।

विष्टले आफ्नो जन्मदिनको अवसरमा भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको समाजकल्याण बाल अनाथालयमा आर्थिकदेखि भौतिक सहयोग गरेका छन । उनले कोरी काश्बी विष्ट र आफ्नो जन्मदिनको उपलक्ष्ममा ४ हजार १०५रुपैया अनाथालयमा सहयोगदेखि फलफुल, मिठाई, नास्ता वितरणका साथै त्यही केक काटेर मनाएका हुन ।

विष्ट नेकपा माओवादी कञ्चनपुरका नेता, महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)का अध्यक्ष एव सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय सचिवको जिम्मेबारीमा छन ।

उनले आफ्नो खुसियालीमा बेसाहरा बालबालिकाको अध्ययन, भरणभोषणमा केही टेवा पु¥याउने उदेश्यका साथ सहयोग गरेको बताएका छन । जन्म दिवस कार्यक्रममा अनाथालयका पदाधिकारी, अनाथ बालबालिका, शिक्षक, विद्यार्थी सहित समाजसेवी बुद्धिजिवीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस