केशव थापा
कञ्चनपुर । कञ्चनपुरको एक क्याम्पसमा स्ववियु निर्वाचनमा सत्ता पक्ष र विपक्षी दलका विद्यार्थी संगठन विच भागबण्डा भएको छ । शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा सत्ता पक्षीय नेपाली काँग्रेस, नेकपा एमाले र विपक्षी नेकपा माओवादी केन्द्र निकट विद्यार्थीविच सहमती भएको हो ।
सत्ता पक्षीय नेपाली काँग्रेस, नेकपा एमाले र विपक्षी दल नेकपा माओवादीविच भागबण्डा भएको जनाईएको छ । केन्द्रमा काँग्रेस, एमालेविच सत्ता गठबन्धन भएपनि स्ववियुमा भने विपक्षी माओवादी सहित भागबण्डा भएको छ ।
तीनै दलका स्थानीय नेता एव विद्यार्थी नेताहरुविच स्थानीय स्तरमा सहमतिय आधारमा स्ववियु चलाउने सहमती अनुरुप भागबण्डा भएको नेताहरुले बताएका छन ।
जस अनुरुप नेवि संघले सभापति करन प्रशाद भट्ट सहित सदस्य संगिता भट्ट,हेमराज भट्ट, अखिल क्रान्तिकारीले सचिवमा मनिषा धानुक, सदस्य मोहन बोहरा, गणेश पाल र अनेरास्ववियुले कोषाध्यक्ष प्रविन धामी, सदस्य मञ्जु औजी निर्बिरोध चयन भएकी छिन । कृष्ण बैजनाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक महेश भट्टले स्ववियुका उम्मेदवार सर्वसम्मत चयन भएको बताए । यस अघि ०७९ सालमा सम्पन्न भएको स्ववियु निर्वाचनमा नेवि संघले सभापति जितेको थियो ।