सुनिल राना

कञ्चनपुरको भीमदत्त नगरपालिका १९ बागफाँटामा शनिबार निःशुल्क दन्त शिविर सञ्चालन भएको थियो । भीमदत्त नगरपालिका १९ वडा कार्यालय र फारवेस्ट डेन्टल होम महेन्द्रनगरको सहकार्यमा एक दिने निःशुल्क दन्त चेकजाँच उपचार सम्बन्धी शिविर सञ्चालन गरेको थियो ।

भीमदत्त नगरपालिका १९ का वडा अध्यक्ष जग्गुराम चौधरीले धनगढीमा मुस्कान डेन्टल होम अतरियामा सुदूरपश्चिमकै पहिलो सुदूरपश्चिम डेन्टल हस्पिटलका सञ्चालक डाक्टर रोशन भट्टले सञ्चालनमा ल्याएको बताए । फार्वेस्ट टेन्टल होमद्वारा सञ्चालित एक दिने निःशुल्क दन्त उपचार शिविरमा ३ सय बढी सेवाग्राहीहरू लभान्वित भएको वडाअध्यक्ष चौधरीले बताए ।

निःशुल्क दन्त उपचार आफ्नै ठाउँमा गराउन पाएपछि सेवाग्राही खुसी भएका छन् । वडा अध्यक्ष चौधरीले यस्ता कार्यक्रम विगतमा गर्दै आएका छौं र यस्ता कार्यक्रमलाई निरन्तर गर्ने गर्ने बताए । वडा सदस्य डम्मर सिंह जोरा, इल्ला राना, भागरती बिष्ट (कुँवर) र लक्ष्मी सुनार लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुस