कञ्चनपुर । वन, वन्यजन्तु र पर्यावरण सरक्षणमा संचारकर्मी र सरक्षणकर्मीको महत्वपूर्ण भूमिका हुने सरोकारवालाले बताएका छन । मंगलबार सामुदायिक वन समन्वय समिति(सिएसिसी)ले तराई भू परिधी कार्यक्रम(ताल)संगको सहकार्यमा आयोजना गरेको सरक्षणमा संचारकर्मी, सरक्षणकर्मीविच सहकार्य एक दिने अन्तरकृया कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन ।
पछिल्ला बर्षहरुमा वन, वन्यजन्तु र पर्यावरणमा प्रहार भईरहेका बेला त्यसको सरक्षणका लागि सचारकर्मी, सरक्षणकर्मीले एक अर्काविच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोडदिएका छन । सामुदायिक वन समन्वय समिति (सिएफसिसी)का अध्यक्ष एव पुर्व सांसद महेश दत्त जोशीले समग्र वातावरण सरक्षणमा सरक्षण र संचारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले दुबैले आ–आफ्नो क्षेत्रबाट सक्दो भूमिका निर्वाह गर्नुपर्ने बताए ।
‘पर्यावरण सरक्षणका लागि अन्य निकायको जिम्मेबारी भएपनि यसमा सरक्षणकर्मी र सचारकर्मीले समेत थप जिम्मेबार हुनुपर्छ, ‘उनले भने, ‘यसो गर्दा थप सरक्षणका कार्यक्रम प्रभावकारी हुन्छन ।’ वन, बन्यजन्तुु बिरुद्धमा हुने गतिबिधीदेखि सरक्षणका उदाहरणीय कार्यक्रमलाई निष्पक्ष रुपमा बाहिर ल्याउने काममा सचारकर्मी र निरन्तर सरक्षणका लागि खटिने सरक्षणकर्मी दुवै पक्षको भूमिका निर्वाह आवश्यक रहेको औल्याए ।
सामुदायिक वन समन्वय समिति(सिएफसिसी)का टिम लिडर शिवदत्त पन्तले गत विगतका बर्षहरुमा सिएफसिसीले गरेको कामकाजको विगत सार्वजनिक गर्दै पर्यावरण सरक्षणमा सरचारकर्मी र सरक्षणकर्मीको भूमिका सरानिय रहेको बताए । उनका अनुसार वन हेरालुलाई प्रशिक्षण, उपभोक्तालाई सीपमुलक तालिम, ईको क्लबमा विद्यार्थी, शिक्षकलाई प्रशिक्षण, सामुदायिक वनमा पर्नुरुत्पादन, चोरीतस्करी नियन्त्रण, वन पैदावारमा उपभोक्ताको पहुँच लगायतका सरक्षणका कार्यक्रममा गरिएको बताए ।
तीनै तहका सरकारका ऐन बाँझिदा सरक्षणमा चुनौती रहेको बताए । कार्यक्रमका मुख्य प्रशिक्षक समेत रहेका सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक उमाकान्त जोशीले सरक्षणका कार्यक्रममा सचारकर्मी र सरक्षणकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले दुवै पक्षबाट आ–आफ्नो जिम्मेबारी निर्वाहमा जोडदिएका छन । कार्यक्रममा सरक्षणकर्मी र सचारकर्मीको सहभागिता रहेको थियो ।