मदन गिरी
कञ्चनपुर । जनताबाट डेढ दशक अघि फ्याकिएको एकात्मक निरङकुश राजतन्त्रका अवशेषहरुले फेरी टाउको उठाउन खोजेको भन्दै एमाले कञ्चनपुरले आक्र्रमक आन्दोलन गरेको छ । सोमबार एमाले कञ्चनपुरले जिल्ला सदरमुकाम राजतन्त्र बिरुद्ध महेन्द्रनगरमा आक्र्रमक ¥याली गरेको हो ।
०६२÷०६३ सालमा दोस्रो जनआन्दोलन मार्फत बंसिय शासन प्रणाली राजतन्त्र फ्याकिसकेपनि केही राजतन्त्रवादीहरुले सडक र सदनमा गणतन्त्र बिरुद्धमा कुचेष्टा गर्न खोजेको भन्दै सत्तारुढ दल एमाले कञ्चनपुरले हजारौँ नेता कार्यकर्ताहरुको उपस्थितिमा मोटरसाईकल ¥याली निकालेको जनाएको छ ।
सत्ताधारी एमालेले राजावादीहरुलाई काउण्टर दिन केहीदिनदेखि शुरु गरेको आन्दोलन गणतन्त्र बिरुद्धमा कुचेष्टा गर्न खोजेको भन्दै नेकपा एमाले आन्दोलनमा उत्रिएको छ । एमाले कञ्चनपुरले हजारौँको संख्यामा नेता कार्यकर्ता एव जनता सडकमा उतार्दैै गणतन्त्रको रक्षात्मक आन्दोलनमा उत्रिएको हो ।
एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले पाटी कार्यालयबाट शुरु भएको ¥याली बजारमा परिक्रममा गरेर कोण सभामा परिणत भएको थियो । सचिव भट्टले राजावादीहरुलाई गणतन्त्रको पक्षमा जनलहर देखाउन र जनता पछाडी नफर्किने अहिल्यै पनि अघि बढ्ने दरिलो सन्देश दिएको बताए ।
मोटरसाईकल ¥यालीपछि आयोजित कोण सभामा एमाले नेताहरुले केही गाँउ, शहरका पञ्चे, ठालु, विगतका ठग, गिरोहरुले राजाको नाम लिएर फेरीपनि जनतालाई रैती बनाउन कुचेष्टा गरिरहेको भन्दै राजतन्त्र फर्काउनु मरेको मान्छे फर्काउनु जस्तै भएकाले दिवा सपना नदेख्न चेतावनी दिएका छन । राजतन्त्र नै चाहिर संसादबाट राजिनामा दिएर संघर्षमा उत्रिन समेत चुनौती दिएका छन । एकातिर संसदमा बसेर संविधान अनुरुप सेवा सुविधा चुस्ने अर्कातिर संविधान बिरुद्धमा गर्ने राप्रपाका संसदहरुले नैतिकताका आधारमा संसदमा बस्न नहुने सुझाव समेत दिएका छन ।
एमाले पालिटव्युरो सदस्य तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले राजतन्त्रवादी आन्दोलनविरुद्ध सशक्त प्रतिवाद गर्नुपर्ने बताए । उनले राजावादी आन्दोलन नेकपा एमालेको नेतृत्वमाथिको प्रहार भएको बताए । ‘बाह्य शक्तीको आडमा भुतप्रेत भईसकेको राजतन्त्र फर्काउने कुरा पश्चगमनको बाटो हो, ईतिहास पछाडी फर्किने कुरा हुदैन्, जनस्तरबाटै यसको शसक्त प्रतिवाद गर्नु पर्छ, ‘रावलले भने, ‘गणतन्त्र नेपालको पक्षमा सबै नेता कार्यकर्ता र जनवर्गीय संगठनहरु परिचालित हुन निर्देशित गर्दछ ।’ एमाले कञ्चनपुर ईन्चार्ज निरु देवी पालले सुदूरपश्चिमबाट गांष्ट्रय सन्देश दिन भेलाको आयोजना गरिन लागेको बताईन् ।
एमाले कञ्चनपुरले राजावादीले २सय ४ बर्ष शासन गरेर देश र जनताका लागि केही नगरेको गणतन्त्र आएको डेढ दशकमै जनता केही नभएको भन्दै दलहरुप्रति विष बमन गर्ने गणतन्त्र बिरुद्धमा हुने सबैखाले राजावादीका अराजक गतिबिधी नियन्त्रण गर्न आब्हान गरेको छ । फेरीपनि राजतन्त्रको नारा लिएर सडकमा दुई चार जना देखाएर जनता गणतन्त्रको बिरोधमा छन, भनेर कुप्रचार नगर्न समेत राजावादीहरुलाई एमालेले चेतावनी दिएको छ ।