कञ्चनपुर । सुदूरपश्चिमका पत्रकारत्रय रामसिह ठगुन्ना, राजेन्द्र प्रशाद अवस्थी, हरिस विक प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीमा निर्बिरोध चयन भएका छन ।

शनिबारदेखि काठमाण्डौँमा शुरु भएको प्रेस सेन्टर नेपालको पाचौँ राष्ट्रिय महाधिवेशनबाट पत्रकारत्रय ठगुन्ना, अवस्थी, विक प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीमा निर्बिरोध चयन भएका हुन ।

ठगुन्ना उपाध्यक्ष, अवस्थी सचिव र विक उपमहासचिवमा निर्बिरोध निर्वाचित भएका हुन । दशकौँदेखि पत्रकारिता गर्दै आएका ठगुन्ना, अवस्थी र विकले पत्रकारको हकहितका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेका छन । ठगुन्ना र अवस्थी कञ्चनपुर र विक कैलालीका स्थानीय हुन

 

प्रतिक्रिया दिनुस