सुदुरपस्चिम प्रदेशका पहाडी जिल्लामा चैत महिनामा दिदिबहिनी भेटघाट कार्यक्रम रहेको छ।उक्त मौलिकता प्रबर्द्धन गर्ने उद्देश्यले सुदुरपस्चिम समाज चितवनले चितवन र आसपासका जिल्लामा रहेर बसेका दिदिबहिनीलाई सम्मान गरेको छ। भरतपुरस्थित होटेल शुभम एण्ड हस्पिटालिटीमा एक विशेष कार्यक्रमका बिच सम्पन्न भयो। कार्यक्रममा सुदुरपस्चिम समाजकस संरक्षकद्वय प्रा.डा..पुष्कर बहादुर पाल(रजिस्ट्रार कृषि तथा बनबिग्यान बिश्वबिद्यालय रामपुर चितवन ) र प्रा.डा.केशव दत्त अवस्थी ( बन बिज्ञान अध्ययन सस्थान पोखराका पुर्व डिन एवम् UTech कलेज भरतपुर ११ चितवन ) बिशेष उपस्थिति रह्यो ।कार्यक्रमको ब्यबथापकिय भुमिकामा सस्थापक सदस्य भुवन पन्त टेक उपाध्याय र शान्ति अधिकारी रहनुभएको थियो। अध्यक्ष चन्द्र सिह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचीव बलराम जोशीले गर्नुभएको थियो। स्वागत मन्तव्य उपाध्यक्ष शंकरदेव बिस्टले राख्नु भएको थियो भने सस्थाका सदस्य बिरेन्द्र थापाले धन्यवाद ज्ञापन मन्तव्य राख्नु भएको थियो। उक्त कार्यक्रममा सुदुरपस्चिमको उच्च शिक्षामा उल्लेख्य योगदान पुर्याउनु भएका boston college का प्राध्यापक मीन प्रसाद दवाडीलाई सम्मान गरिएको थियो।
प्रतिक्रिया दिनुस