कञ्चनपुर: खेलकुद विकासलाई मध्यनजर गर्दै साउदी अरबमा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने भएको छ।

 

मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद अल फितरको उपलक्ष्यमा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने दमाम भेट्रान क्लबका अध्यक्ष पदम बहादुर महतले बताएका छन् । उनका अनुसार साउदी अरबमा रहेका फुटबल क्लबहरुको सहभागिता रहनेछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको छ।

उनले भने, खेलाडी लगायत खेलप्रेमीहरुमा प्रतियोगिता मार्च ३० तारीख २०२५ देखि प्रतियोगिता आयोजना हुने समेत जानकारी गराएका छन्।

 

प्रतियोगितामा १६ टिमको सहभागिता छ। प्रतियोगिताको समापन ३१ मार्च २०२५ मा हुने छ। दमाम भेट्रान फुटबल क्लब, दमामले ईदको पहिलो दिन खेल थुग्बा फुटबल क्लबको मैदान ,अजिजिया फुटबल खेलमैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो। यो दोस्रो संस्करण समेत रहेको छ।

 

प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार रियाल ट्रफी तथा मेडल, दोश्रो पुरस्कार ४ हजार रियाल ट्रफि तथा मेडल र विभिन्न उत्कृष्ट बिधागत पुरस्कार समेत घोषणा गरेको छ।

प्रतिक्रिया दिनुस