केशव थापा

महेन्द्रनगर । कञ्चनपुरको एक स्थानीय सरकारको वडा कार्यालय भवन निर्माण भएको छ । बेलडाँडी गाँउपालिका १नम्बर वडा कार्यालयको आफ्नै भवन निर्माण भएको हो । यस अघि ९बर्ष भाडाको घरमा कार्यालय संचालन गरेको बेलडाँडी १ले आफ्नै भवन निर्माण गरेको जनाएको छ ।

बुधबार एक कार्यक्तमका विच नयाँ वडा भवनको उद्घाटन गरिएको छ । बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष गज बहादुर विष्टले अबदेखि आफ्नै नयाँ वडा कार्यालयबाट नागरिकलाई सेवा प्रवाह गर्ने बताए । गत २७ कार्तिक ०८२ मै शिलान्यास भएको वडा कार्यालय भवन १०असार ०८३मा उद्घाटन गरिएको छ ।

आफ्नै भवन नहुँदा सेवा प्रवाहदेखि प्रशासनिक कामकाजमा असहजता भएको थियो । वडाध्यक्ष विष्टका अनुसार अब आफ्नै भवन निर्माण भएपछि सेवा प्रवाहमा प्रभावकारीता आउने अपेक्षा गरिएको छ । वडाध्यक्ष विष्टले गाँउपालिका अध्यक्ष सहित आफुहरुको सकल्प अनुरुप भवन निर्माण कार्य अघि बढाईएको बताए ।

बेलडाँडी गाँउपालिका १का वडा सदस्य श्याम बहादुर रावलले कार्यक्रमका लागि हल, अध्यक्ष, सदस्यको कार्यकक्ष, स्टोर, पर्खाल सहितका आधुनिक भवन निर्माण गरिएको बताए । उनका अनुसार चौधरी विल्डसले ६४ लाख बजेटमा निर्माण गर्ने सम्झौता गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य दिन हुने वक्ताहरुले भवन निर्माणसंगै सेवा प्रवाहमा समेत जोडदिएका छन । पुर्व वडा सदस्य शंकर भट्टले वडाका नागरिकलाई सेवा चुस्तदुरुस्त बनाउनुपर्ने सुझाव दिए । बेलडाँडीका पुर्व प्रधान बीर बहादुर विष्टले आफुहरुले जग बसालेको अब नयाँ पुस्ताले विकास कार्यक्तम अघि बढाउनुपर्ने सुझाव दिए ।

एमाले नेता अक्कल विष्टले समान रुपमा बेलडाँडीको दीगो विकासका कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिए । बेलडाँडी गाँउपालिका उपाध्यक्ष शान्ति नाथले वडा भवन निर्माणसंगै नागरिकलाई थप सेवा पुग्ने बताउँदै सेवा प्रवाह चुस्तदुरुस्त रुपमा अघि बढाउन आग्रह गरेका छन ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले बेलडाँडीमा रहेका सबै वडा कार्यालयका भवन निर्माण भएर आफ्नै वडा कार्यालयबाट सेवा प्रवाह गरिरहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका संविधान सभा सदस्य समेत रहेका प्रदेश सभा सदस्य दिवान सिह विष्टले आफुले बेलडाँडीको विकासका लागि थुप्रै प्रयासका साथै प्रदेश सरकारबाट समेत बजेट दिलाएको बताए ।

पुर्व जनप्रतिनिधीहरुलाई समेत मायाको चिनो प्रदान गरिएको छ । पहिलो दिन चन्द्र थापा सहितका सेवाग्रांहीले सेवा लिएका छन । वडा सचिव राज बहादुर शाहले संचालन गरेको कार्यक्रमको वडा सदस्य गौरी उपाध्यायले स्वागत मन्तव्य राखेकी थिईन । कार्यक्रममा जनप्रतिनिधी , दलका प्रतिनिधी सहितका सरोकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस