कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुगमन गरेका छन । हालै प्रदेश प्रमुखको जिम्मेबारीमा आएका प्रहरी नायब महानिरीक्षक(डिआईजी) भट्टराईले बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुगमन गरेका हुन ।

कञ्चनपुरका प्रहरी प्रवक्ता टेक बहादुर रावतले डिआईजी भट्टराईले आन्तरिक कार्यालयको स्थलगत अनुगमन गरेको बताए । कार्यालयका सबै शाखा, परिसर सहितका सेवा प्रवाहबारे अनुगमन गरेको बताए । अनुमगन पश्चात जिल्लाका प्रहरी प्रमुखदेखिका अधिकारी, कर्मचारीहरुलाई डिआईजी भट्टराईले अपराध अनुसन्धान नियन्त्रणदेखि शान्ति सुरक्षामा कामकाज प्रभावकारी रुपमा अघि बढाउन निर्देशन दिएका छन ।

सबै सीमावर्ती चोरी तस्करी हुने जिल्ला भएकाले भन्सार राजस्व चोरीछली बिरुद्धमा निर्मम भएर कामकाज गर्न निर्देशन दिएका छन । हरेक प्रहरीले संगठनले दिएको जिम्मेबारी आ–आफ्नो ठाँउबाट अपराध बिरुद्ध सुन्य सहनशिलता अपनाएर कार्य सम्पादन गर्न समेत निर्देशन दिएका हुन । नागरिकलाई अनुभूति हुने गरेर सेवा प्रवाह गर्न हरपल नागरिक सुुरक्षामा खटिन कुनै कसरी बाँकी नराख्न निर्देशन दिएका छन ।

जिप्रको अनुगमन पछि छेउमै रहेको नेपाल प्रहरीकै विपद् व्यवस्थापन कार्यालयको समेत अनुगमन गर्दै डिआईजी भट्टराईले विपद्को आवश्यक तयारी गर्दै उद्दार, खोजदेखिका कामकाजमा प्रभावकारी रुपमा खटिएर नागरिकको जिउधन सुरक्षाका कार्यक्रम गर्न निर्देशन दिए ।

डिआईजी भट्टराईलाई कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरी, डिएसपी टेक बहादुर रावत, ईन्सपेक्टर बिरेन्द्र सिह थापा, डम्बर भट्ट सहितका प्रहरी सिनियर तथा जुनियर अधिकृत, कर्मचारीहरुले स्वागत गरेका थिए । डिआईजी भट्टराईले जिप्रका परिसरमा एक बिरुवा समेत रोपेका थिए ।

डिआईजी भट्टले सुप प्रदेशको सुरक्षा कमाण्ड सम्हालेपछि यस अघिका डिआईजी ओम बहादुर रानाका कार्यकालमा भएका प्रहरीका ४सय ४४काज फिर्ता गर्दै आन्तरिक संगठन सुदृढिकरणदेखिका बाह्यी रुपमा हुने गैर कानुनी गतिबिधी ठाँउको ठाँउ कार्बाही गर्न निर्देशन दिर्दै आएका छन । दशक अघि सीमावर्ती जिल्ला प्रहरी कार्यालय कैलालीमा डिएसपीको जिम्मेबारीमा सम्हालिसकेका काबिल प्रहरी बरिष्ठ अधिकृत (डिआईजी) भट्टराईको सुप प्रदेशको प्रवेसले शान्ति सुरक्षादेखिका चोरीतस्करी नियन्त्रणको नागरिकले अपेक्षा राखेका छन ।

प्रतिक्रिया दिनुस