नवराज अवस्थी

कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । बुधबार बेलौरी नगरपालिका स्थानीय सरकारले आगामी आर्थिक बर्ष २०८३÷०८४का लागि नीति, कार्यक्रम बजेट ल्याएको हो । बेलौरी नगरका प्रमुख पोतिलाल चौधरीले आगामी आर्थिक बर्षका लागि ९४ करोड, ५५ लाख बराबरको बजेट ल्याएको बताए ।

उनका अनुसार आन्तरिक आय तर्फ ५करोड प्रक्षेपण गरिएको छ । ‘संस्कृतिको जर्गेना गरौँ, पर्यटक स्थल पहिचान गरौँ’ भन्ने मुल नाराका साथ नगरमा पर्यटन प्रर्बद्धन गरिने जनाएको छ ।

मेयर चौधरीका अनुसार मुक्त कमलरी, कमैयाको आवास निर्माण, सिलसेल बिरामीका लागि निःशुल्क उपचारदेखिका समाजिक शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, सडक, पुल पुलेसा, बन्यजन्तुबाट हुने क्षति न्यूनिकरणका योजना, समाजिक सुरक्षा, स्थानीय कृषि उपज सहितका बस्तु तथा सेवा प्रर्बद्धनका कार्यक्रम संचालनसहितका कार्यक्तम संचालन गरिनेछन । मेयर चौधरीले बजेट कार्यान्वयन गर्दै नगर सम्बृद्धिका कार्यक्रम अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुस