नरेन्द्र महरा

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । बुधबार कृष्णपुर नगरपालिका स्थानीय सरकारले १९औँ नगर सभाबाट आगामी आर्थिक बर्ष २०८३÷०८४का लागि नीति, कार्यक्रम बजेट ल्याएको हो ।

कृष्णपुर नगरका प्रमुख हेमराज ओझाले १अर्ब, ९करोड, ६४लाख, ५९हजार बराबरको बजेट ल्याएको बताए । मेयर ओझाले २१करोड, ३०लाख आन्तरिक आय हुने प्रक्षेपण गरिएको बताए । मेयर ओझा कृषि प्रर्बद्धन विकासमा जोडदिएका छन । मेयर ओझाले विपद् व्यवस्थापन स्थानीय कृषि उपज प्रर्बद्धन गर्दै नगरबासीलाई प्रर्बद्धन गरिने बताए ।

लबरु राना, थारुको स्मृतिमा नन्दमाविमा सालिक बनाउने गत विगतका गौरबका योजना अघि बढाउनेदेखि नगरको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, सडक, पुल पुलेसा, बन्यजन्तुबाट हुने क्षति न्यूनिकरणका योजना, समाजिक सुरक्षा, स्थानीय कृषि उपज सहितका बस्तु तथा सेवा प्रर्बद्धनका कार्यक्रम संचालन बताए ।

बजेट कार्यान्वयन गर्दै नगर सम्बृद्धिका कार्यक्रम अघि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुस