पप्पु गुरुङ्ग, दोधारा  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सिमा संग जोडिएको कुतियाकवर बस्तीमा पक्की तटबन्ध निमार्ण कार्य सुरु भए संगै बस्तीमा खुशीयाली छाएको छ् ।

बस्तीलाई सुरक्षित हुने गरि जनताको तटबन्ध कार्यक्रम अनुसार झण्डै ८ सय मिटर पक्की तटबन्ध निमार्ण हुन थाले संगै बस्तीमा खुशीयाली छाएको स्थानियबासीहरुले बताएका छन् ।

एक कार्यक्रमको बिच दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र नगरउपप्रमुख गंगा जोशीले पक्की तटबन्ध निमार्ण कार्यको शिल्यान्यास गर्नुभएको छ ।

जगबुडा नदी र महाकाली नदीको दोभानको बस्ती सदैव वर्षायाममा आएको बाढीले वर्षेनी ठुला धनमालको क्षती बनाउदै आएको छ् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनी नगरपालिकाको बाढीग्रस्त बस्ती भनेर चिनिने नेपाल–भारतको सिमा क्षेत्रको बस्तीलाई सुरक्षित बनाउन जनताको तटबन्ध कार्यक्रम अनुसार झण्डै ८ सय मिटर पक्की तटबन्ध निमार्ण गरि बाढीबाट बस्ती सुरक्षित बनाउने कार्यको सुरुवात गरिएको बताउनुभएको छ् ।

बस्तीलाई बाढीबाट सुरक्षित बनाउन आफुहरुले बिगत लामो समय देखि पहल थालेको बताउनुभयो । रु. ५ करोड ६० लाखमा जोशी निमार्ण सेवाले ठेक्का लिएर निमार्ण कार्य अघि बढाएको उहाँले बताउनुभएको छ् ।

वर्षायामका कुतियाकवर बस्तीमा महाकाली नदी र जगबुडा नदीको भंगालो पसेर वर्षौ देखि ठुलो धनमालका क्षती बनाउदै आएको अवस्थामा बस्तीलाई सुरक्षित हुने गरि निमार्ण थालिएको पक्की तटबन्ध बस्ती क्षेत्रको लागी कोषेढुङ्गा साबित हुने भएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो ।

विसं २०२० मा बस्ती बसेको र उक्त समय देखि बाढीको निरन्तर कटान र डुबानकै कारण हालसम्म यहाँबाट एक सय भन्दा बढी परिवार विस्थापित भईसकेका छन् । बाढी र सिमा क्षेत्रको थिचोमिचोको कारण अहिले आएर ४२ घरधुरी मात्रै बसोबास गर्दै आएका छन् ।

विसं २०७४ मा जोगबुडा नदीमा झोलुङ्गे पुल बनेपछि नेपाल संग जोडिएको कुतियाकवर बस्तीमा बर्सेनी हिउद र वर्षायाम गरि दुबै समयमा जगबुडा र महाकाली नदीले उर्वरक जग्गा कटान गर्दै आएको छ् ।

करिब ५० बिघा क्षेत्रफल रहेको बस्ती हरेक वर्ष हुने कटानले साँघुरिदै गएको अवस्थामा बस्तीलाई सुरक्षित हुने गरि निमार्ण हुन थालेको तटबन्धले बस्तीमा खुशीयाली छाएको कुतियाकवर विपद् ब्यवस्थापन समिति दोधारा चाँदनी– १० का संयोजक टेक बहादुर सुनार बताउछन् । वर्षायामा नजिकै रहेको महाकाली नदी र जगबुडा नदीले उर्वरक जग्गा कटानी संगै बस्ती बिस्तापित गर्न थालेको अवस्थामा महाकाली नदी र जगबुडा नदीको पानीलाई छेक्ने गरि तटबन्ध निमार्ण हुन थालेपछि स्थानियबासीहरुमा खुशीयाली छाएको कुतियाकवर विपद् ब्यवस्थापन समितिका संयोजक टेक बहादुर सुनारले बताउनुभयो ।

बर्षेनी नदीको सतह र आकार बढ्दै जाने र धार परिवर्तन गरी बस्ती तिर सोझिन थालेपछि कुतियाकवर बस्ती बिस्तापित हुने संघारमा रहेको उहाँले बतनाउनुभयो । बर्षेनी आउने बाढीले जमिन कटान गर्दा धेरै जसो खेतीयोग्य जमिन बगरमा परिणत हुदै आएको अवस्थामा स्थानिय सरकारको पहलमा जनताको तटबन्ध कार्यक्रमबाट पक्की तटबन्ध निमार्ण कार्यको सुरुवातले बस्तीमा आशा पलाएर आएको कुतियाकवर विपद् ब्यवस्थापन समितिका संयोजक टेक बहादुर सुनारले बताउनुभएको छ् ।

लहाउदो बाली बिनाश संगै मानव बस्ती विस्थापनको शिकार भईरहेका नेपाल–भारत सिमा संग जोडिएको उक्त दुर्गम बस्तीका बासिन्दाले बल्ल आएर राजनितिककर्मीहरुलाई धन्यबाद दिएका छन् ।

प्रतिक्रिया दिनुस