कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक वनले आगलागी नियन्त्रणका लागि अग्नी रेखा निर्माण गरेको छ । बेदकोट नगरपालिका ५धरमपुरको बच्छेला सामुदायिक वनमा अग्नी रेखा निर्माण गरिएको हो । चुरे क्षेत्रसंगै जोडिएको उक्त सामुदायिक वनले चालु आर्थिक बर्ष ०८१÷०८२मा सामुदायिक वनका विभिन्न क्षेत्रमा अग्नी रेखा निर्माण गरेको जनाएको छ ।
बच्छेला सामुदायिक वनका अध्यक्ष विष्णू नेपालीले सामुदायिक वनमा आगो नियन्त्रण गर्दै पर्यावरण सरक्षण गर्ने उदेश्यका साथ अग्नी रेखा निर्माण गरिएको बताए । ‘यो सुुख्खायाममा विभिन्न कारणले सामुदायिक वनमा लाग्ने आगो नियन्त्रण गर्न हामीले विभिन्न प्लट प्लटमा अग्नी रेखा निर्माण गरेका छौँ, ‘उनले भने, ‘कदमकदाचित एक प्लटमा लागेको आगो अर्को प्लटमा जानबाट रोक्न हामीले अग्नी रेखा निर्माण गरेका छौँ ।’ अध्यक्ष नेपालीका अनुसार झण्डै २०किलोमिटर अग्नी रेखा निर्माण गरिएको छ । अग्नी रेखा निर्माणमा स्वयम अध्यक्ष नेपाली सहितका पदाधिकारी सदस्य लगायतका उपभोक्ताहरु खटिएका छन । अनियन्त्रित आगलागीबाट एकतिर वन, पर्यावरण, बन्यजन्तुमाथि असर अर्कातिर मानव बस्तीदेखि जोखिम हुने हुँदा समयमै अग्नी रेखा निर्माण गरिएको छ । उक्त सामुदायिक वनले उपभोक्ताको हकहितलाई मध्य नजर गर्दै पर्यावरण सरक्षणका विवित कार्य गर्दै आएको छ ।