कञ्चनपुर । कञ्चनपुरका खोपकर्तालाई खोरेत रोगबारे अभिमुखिकण गराईएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द कञ्चनपुरले जिल्लाका खोपकर्तालाई खोरेत रोगबारे अभिमुखिकण गराईएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द कञ्चनपुरका कार्यालय प्रमुख बरिष्ठ पशु विकास अधिकृत श्याम सिह खडकाले बिहीबार जिल्लाका ९वटै पालिकामा रहेका ३३ जना खोपकर्तालाई खोरेत रोग सम्बन्धी अभिमुखिकरण गराएको बताए ।

‘दुध दिने पशु गाईभैसीमा लाग्ने खोरेत रोग उन्मुलनका लागि हामीले खोप दिलाउन खोपकर्तालाई अभिमुखिकरण गराएका छौँ, ‘उनले भने, ‘खोप कसरी दिने, कहाँ जाने कसरी रेकर्ड राख्ने आदि सबै विषयमा जानकारी गराएका छौँ ।’

दुध उत्पादन गरेर पशु तर्फको विकास गर्दै किसानलाई आर्थिक उपार्जन गराउने उदेश्यका साथ पशुलाई खोरेत रोगसंग बचाउने लक्ष्य रहेको बताए । ‘हामीसंग यसैबर्ष खोरेत रोग बिरुद्धमा ४० हजार खोप स्टक छ, ‘उनले भने, ‘माग अनुरुप थप गछौँ ।’

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द कञ्चनपुरका सुचना अधिकारी समेत रहेका बरिष्ठ पशु चिकित्सक खडक बहादुर पाण्डेयले राष्ट्रिय खोप अभियान अन्र्तरगत जिल्लामा पनि खोपकर्तालाई अभिमुखिकरण गराको बताए ।

‘हामीले खोप बारे खोपकर्तालाई अभिमुखिकरण गराएका छौँ, ‘उनले भने, ‘विच विचमा पशु रोग अन्वेषण कार्यालयले समेत अनुगम गर्छ ।’ उक्त अभिमुखीकरणमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द कञ्चनपुरका कार्यालय प्रमुख बरिष्ठ पशु विकास अधिकृत श्याम सिह खडका, पशु चिकित्सक डा. भुवनचन्द्र जोशी र बरिष्ठ पशु चिकित्सक खडक बहादुर पाण्डेयले प्रशिक्षण दिएका छन । प्रशिक्षण पाएका खोपकर्ताहरुलाई फिल्डमा प्रभावकारी कामकाजमा खटिन जोडदिएका छन ।

प्रतिक्रिया दिनुस