कञ्चनपुर । सत्तारुढ दल नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बझाङ्गका अध्यक्ष एव तलकोट गाँउपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरिक्षक नर्जित बहादुर खडकमाथि हमला गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेकोे छ ।
पेशागत महासंघ कञ्चनपुरले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बझाङ्गका अध्यक्ष एव तलकोट गाँउपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरिक्षक नर्जित बहादुर खडकमाथि हमला गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेको हो । पेशागत महासंघ कञ्चनपुरका सचिव तिकल प्रशाद जोशीले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा घटनाप्रति भत्र्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका छन ।
आफ्नै पाटी सरकारमा हुँदा पनि एमाले निकट कर्मचारी कुटिदा सरकारले दोषिलाई कार्बाही गर्न नसकेको भन्दै कतिपय बझाङ्ग एमाले निकट कर्मचारी नै सरकारमाथि असन्तुष्टी पोखिरहेका छन । जनताको जिवन रक्षामा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथि कुटपिटको चौतर्फी भत्र्सना जाहेर गरिएको छ ।