कञ्चनपुर । कञ्चनपुरको एक उद्योगले पुर्णागिरी मन्दिरका दर्शनार्थीलाई निःशुल्क पानी वितरण गरेको छ । भीमदत्त नगरपालिका ५बनखेत औद्योगिक क्षेत्र महेन्द्रनगरको सिद्धनाथ ईलेक्ट्रिक रिक्सा उद्योगले पुर्णागिरी मन्दिरका दर्शनार्थीलाई निःशुल्क पानी वितरण गरेको हो ।

हरेक बर्ष भारत उत्तराखण्ड चम्पावतको पुर्णागिरी र नेपाल सुदूरपश्चिम प्रदेश कञ्चनपुर ब्रम्हदेब र महेन्द्रनगरकोे सिद्धनाथ मन्दिरमा आउने दर्शनार्थीलाई निःशुल्क पानी वितरण गरेको जनएको छ । सिद्धनाथ ईलेक्ट्रिक रिक्सा उद्योगका निर्देशक दिवान सिह आग्रीले पुर्णागिरी मन्दिरका दर्शनार्थीलाई निःशुल्क पानी वितरण गरेको बताए ।

उनका अनुसार आग्रीले नवरात्रमा पानी खुवाएर निरन्तर खुवाउने बताए । ‘हामीले हरेक बर्ष दर्शनार्थीलाई पानी खुवाउँदै आएका छौँ, ‘उनले भने, ‘यस बर्षपनि हामीले गरेका छौँ ।’ निःशुल्क पानी पाएपछि दर्शनार्थीलाई सुविधा भएको छ ।

प्रतिक्रिया दिनुस