शुनिल राना

कञ्चनपुर । कञ्चनपुरको बागफाँटा गाँउमा निःशुल्क आँखा शिबिर संचालन गरेकोे छ । भीमदत्त नगरपालिका १९ वडा कार्यालय, नेपाल नेत्र ज्योती संघद्वारा संचालित महेन्द्रनगर आँखा अस्पताल र सिटिजन बैंककोे आयोजनामा बागफाँटामा निःशुल्क आँखा शिबिर संचालन गरेकोे हो ।

शनिबार एक दिने निःशुल्क आँखा शिबिर संचालन गरेको जनाएको छ । महेन्द्रनगर आँखा अस्पतालका बरिष्ठ नेत्र अधिकृत बीरसिह धामीले ३सय नागरिकले सेवा लिएकोे बताए । बरिष्ठ नेत्र अधिकृत धामीले १सय १०नागरिकलाई निःशुल्क चस्मा वितरण गरेको र बाँकीलाई औषधी वितरण र परामर्स गरिएको बताए ।

‘२९्रजनाको मोतियाबिन्दुको सल्यकृयाका लागि महेन्द्रनगर आँखा अस्पतालमा बोलाएको छ, ‘उनले भने, ‘उनीहरुकोे समेत निःशुल्क उपचार गछौँ ।’ नेपाल नेत्र ज्योती संघ महेन्द्रनगर आँखा अस्पतालका अध्यक्ष डा. भोजराज पन्तले नागरिकको स्वास्थ्यका लागि गाँउ गाँउमा गएर सरोकारवाला पक्षसंगको सहकार्य बढाउनुपर्नेमा जोडदिए ।

भीमदत्त नगरपालिका १९का वडाध्यक्ष जग्गुराम चौधरीले वडाका नागरिकको स्वास्थ्य समस्यालाई मध्य नजर गरेर राखिएको निःशुल्क स्वाथ्य शिबिरले नागरिकलाई वडामै आँखा उपचार गरिएको बताए । गाँउमै निःशुल्क उपचार पाएपछि स्थानीय हर्षित भएका छन ।

प्रतिक्रिया दिनुस