कञ्चनपुर । सोमबारदेखि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा अभियान संचालन गरेको छ । हुलाकी राजमार्ग केन्द्रीत माओवादीले जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान अन्र्तरगत सुप प्रदेश (कैलाली–कञ्चनपुर)मा अभियान संचालन गर्न लागेको हो । कैलालीको टीकापुरदेखि शुरु गरिएको अभियान धनगढीसम्म विवित कार्यक्रम गरेर आज(मंगलबार)साँझ कञ्चनपुर प्रवेस गर्ने माओवादी केन्द्रले जनाएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल)ले कैलालीका विभिन्न स्थानमा अभियान संचालन गरिएको बताउँदै आज साँझ कञ्चनपुरमा पु्ग्ने बताए । सुदूर कैलालीको टीकापुरबाट शुरु हुने अभियान कञ्चनपुरको महेन्द्रनगरमा पुगेर समापन गरिने केन्द्रीय सदस्य भाटले बताए ।

टीकापुर स्थित सती कर्णाली पुलमा स्वागत गरेर अभियान सचालन गरिनेछ, पुर्वी तराईकै जिल्ला जस्तै बिहान मर्निङ्ग वाक, सहिद परिवारसंग भेटघाट, टीकापुर झुंगामा जनसभा, बैसनपुर धनगढीमा सहिह परिवारसंग भेटघाट, अन्तरकृया गरेर धनगढी भन्सारदेखि डोकेबजारबाट कञ्चनपुर प्रवेस गर्ने छन ।

१६ बैशाख कञ्चनपुरको डोकेबजारमा प्रवेस गरेर हुलाकी राजमार्ग केन्द्रीत हुने जनाएको छ । पुनर्वास नगरपालिका स्वागत एव भेटघाट कार्यक्रम, मोतीबस्तीका सहिद परिवारसंग भेटघाट छलफल, रामनगर खानेपानी उद्घाटन, सहिदको सालिकमा माल्यार्पण, शोभाताल अवलोकन, बेलडाँडीमा स्वागत भेटघाट, बेदेकोटमा स्वागत भेटघाट र भीमदत्त नगरपालिका ४ महेन्द्रनगर संविधान चोकमा सभा राखेर अभियानको समापन गरिने छ ।

सुदूरका तराईका जिल्ला कैलाली कञ्चनपुरमा हुने अभियानमा पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल(प्रचण्ड) सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष सहितका शिर्ष नेता अभियान समापनका लागि कञ्चनपुर आउने भएपछि नेता कार्यकर्ताहरु खटिएका छन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले पाटीको हुलाकी राजमार्ग केन्द्रीय अभियानको समापन कञ्चनपुरमै हुने भएकाले अभियान सफल पार्नका लागि नेता कार्यकर्ताहरुलाई लिएको जिम्मेबारी अनुरुप खटिएको बताए । ‘पाटीले संचालन गरेको अभियान हामीले पनि हाम्रो जिल्लामा सफल समापन गर्नका लागि खटिएका छौँ, ‘उनले भने, ‘चरण चरणमा बैठकदेखि जिम्मेबारी लिए अनुरुप सबै नेता कार्यकर्ता खटिएका छौँ ।’ पाटी अध्यक्ष प्रचण्ड नेतृत्वमै हुने अभियान सफल पार्नका लागि नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेल सहितका दुुवै जिल्ला सहित प्रदेशकै नेता कार्यकर्ताहरु खटिएका छन । अभियानले पाटी र जनताको हित गर्ने भन्दै नेता कार्यकर्ताहरु आफुलाई पाएको जिम्मेबार युद्धस्तरमा निर्वाह गरिरहेका छन । हुलाकी राजमार्ग केन्द्रीत अभियान सकेरपछि मध्य पहाडी मार्गमा समेत संचालन गरिनेछ ।

प्रतिक्रिया दिनुस