कञ्चनपुर, मंसिर ५ , शुक्लाफाँटा नगरपालिका–१ बन्साह गणेशमा जंगली हात्तीको आंक्रमणबाट मृत्यु भएका ६५ वर्षीय बलदेव बोहराको परिवारलाई वन, पर्यावरण तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएको सामुदायिक वन समन्वय समिति सिएफसिसी कञ्चनपुरले नगद राहत सहयोग गरेको छ ।
गत २९ असोजमा जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएका बोहराको परिवारलाई राहत स्वरुपन गद २५ हजार सहयोग गरिएको हो ।
सामुदायिक वन समन्वय समितिका उपाध्यक्ष अर्जुन साउदले प्रदेश सभा सदस्य महेश दत्त जोशी सहित समन्वय समितिका पदाधिकारी पीडित बोहराकै घरमा पुगेर राहत सहयोग गरेको बताए । उपाध्यक्ष साउदले मानव र वन्यजन्तुविच द्वन्द्व न्यूनिकरण लागि पीडित परिवारलाई नगद २५ हजार राहत सहयोग गरिएको बताए । उपाध्यक्ष साउदका अनुसार बन्यजन्तु राहत कोषबाट उक्त रकम सहयोग गरिएको छ ।

राहत हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीले स्व।बोहराकी धर्मपत्नी मैनादेवी बोहरालाई नगदै रकम हस्तान्तरण गरेका थिए । प्रदेश सभा सदस्य जोशीले मानव र वन्यजन्तुविचकोद्वन्द्व न्यूनिकरणका लागि राहतका साथै जंगली जनावरको आतङ्क रोक्नका लागि कार्यक्रम ल्याउन पहल गर्ने आवश्वासन दिनुभयो ।

मृतक बोहरा शुक्लाँफाटा नगरपालिका वडा न.१ बन्साह स्थित सिद्ध बैजनाथ सामुदायिक बनका उपभोक्ता हुन् । सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिव दत्त पन्तको अध्यक्षतामा राहत रकम सहयोग गरिएको थियो । समन्वय समितिका उपाध्यक्ष अुर्जन साउद, सचिव नरेश भट्ट लगायतका समन्वय समितिका पदाधिकारी, संरक्षणकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस